☰ open Loading... 17 November 2024|  

सडकले सहज बन्दै कैलालीकाे जनजीवन
  | ३१ असार २०७४, शनिबार १८:११

मीन ठकुरी । धनगढी : कैलालीका ग्रामीण भेगलाई सडक सञ्जालले जोड्न थालेपछि स्थानीयबासिन्दाको जनजीवनमा परिवर्तन आउन थालेको छ । पूर्वपश्चिम राजमार्गका उत्तर दक्षिणमा ग्रामीण सडकको स्तरोन्नतीसंगै स्थानीयबासिन्दाको जनजीवन सहज बन्न थालेको छ ।

वर्षायाममा हिलाम्य हुने सडकहरूको मर्मत तथा स्तरोन्नती भएपछि आगवनमा सहजता थपिन पुगेको छ । त्यस्तै, स्थानीयले आफ्नो उत्पादन बजारसम्म पु¥याउन सहज भइरहेको छ । कैलालीका ग्रामीण सडकहरुको मर्मत तथा स्तरोन्नती गरी बाह्रै महिना यातायात संचालन गर्ने कार्य दुई वर्ष अघिदेखि सुरु भएको हो ।

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) मार्फत कैलालीका ग्रामीण सडकहरूको मर्मत तथा स्तरोन्नतीको काम भइरहेको छ । यो कार्यक्रम विश्व बैंकको सहयोगमा सरकारले देशका ३६ जिल्लामा लागू गरेको छ । यो कार्यक्रम संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक (डोलिडार) र जिल्ला समन्वय समिति तथा जिल्ला प्राविधिक कार्यालय मार्फत सञ्चालन भइरहेको छ ।

जिल्ला यातायात गुरुयोजनाभित्र परेका सडक तथा ट्रयाक खुलिसकेका सडकहरूको मर्मत तथा स्तरोन्नतीको काम राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमले गरिरहेको राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम कैलालीका इन्जिनियर लव जोशीले बताए । उनका अनुसार ती सडकमा पुलपुलेसाको पनि निर्माण कार्य भइरहेको छ ।

राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम (एसएनआरटीपी) ले जिल्लाका सात वटा सडकहरू छनौट गरी सडक मर्मत तथा स्तरोन्नतीको काम गर्दै आएको छ । जिल्लाका सहजपुर–निगाली २२ किलोमिटर, चौकीडाँडा–मालाखेती–बान्द्रेखाल १३ दशमलव एक किलोमिटर, गेटा–बास्खेडा–मुर्कट्टी सडक १२ दशमलव छ किलोमिटर र कनरी–सेडा बेहडाबाबा–चौमाला १९ दशमलव आठ किलोमिटर सडक छनोट गरि मर्मत तथा स्तरोन्नती कार्य भइरहेको छ ।

त्यस्तै, स्तरोन्नती भइरहेका अन्य सडकमा राजीपुर–गदरिया–फूलवारी २२ दशमलव चार किलोमिटर, बडैपुर–उदासिपुर–हसुलिया २० दशमलव चार किलोमिटर र सुख्खड–खैलाड–भजनी २४ किलोमिटर सडक रहेको एसएनआरटीपीले जनाएको छ ।

ती सडकलाई प्राथमिकताको आधरमा जिल्ला प्राविधिक कार्यालय, जिल्ला सडक सञ्जालको बैठकले छनौट गरेको हो । धुले सडकमा ग्राभेलिङ गर्ने, ग्राभेल भएका सडकलाई कालोपत्र गरी बाह्रै महिना सडकमा यातायात चल्ने बनाउनु कार्यक्रमको प्रमुख उद्देश्य हो । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम कैलालीका इन्जिनियर ईश्वर भट्टले भन्छन्– हामीले प्राथमिकताका आधारमा छनौट गरी काम गरिरहेका सडकहरूमा बाह्रै महिना यातायात गुड्ने बनाउने हो ।

प्राथमिकताका आधारमा छनौट भएको गेटा–बास्कोटा सडकको आवधिक मर्मतको कार्य भइरहेको इन्जिनियर जोशीले बताए । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम कैलालीका अनुसार छनौट भएका सडकमध्ये सडकपुर (बौनिया) जोशीपुर–भजनी २२ दशमलव ९७ किमी सडकको स्तरोन्नती भई कालोपत्रे हुने काम अन्तिम चरणमा पुगेको छ ।

सो सडकको २१ महिनाभित्र निर्माण कार्य पुरा गरिसक्ने लक्ष्य रहेको छ । त्यस्तै, सहजपुर–निगाली, राजीपुर–गदरिया–फुलबारी, बडैपुर–उदासिपुर–हसुलिया, कनरी–घसेटा–बेहडाबाबा–चौमाला सडक स्तरोन्नती भइरहेको छ । जिल्लाभित्रका महत्वपूर्ण सडकहरूको मर्मत तथा स्तरोन्नती पश्चात ग्रामीण बस्तीहरू सडक सञ्जालसंग जोडिँदा स्थानीयलाई सहज मात्रै हुने नभइ आर्थिक क्रियाकलाप पनि बढ्ने आशा गरिएको छ ।

मर्मत तथा स्तरोन्नती भइरहेका सडकहरू जिल्लाभित्रका मुख्य सडक भएकाले गाउ“मा उत्पादित बस्तुले बजार पाउने जोशीपुर गाउ“पालिकाका स्थानीय शिवराज विनाडीको भनाइ छ । उनी भन्छन्– मुख्य कुरा सडक नै हो । बाह्रै महिना सडकमा यातायात गुड्ने भएपछि स्थानीयको जीवनशैलीमा परिवर्तन न आउने कुरै छैन ।

एससएनआरटीपी परियोजनाको सम्झौता अवधी सन् २०१९ सम्म रहेको जिल्ला विकास समिति कैलालीले जनाएको छ । राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रम अन्तरगत मर्मत गरिएको सहजपुर–निगाली सडकमा बाह्रै महिना सवारी साधन गुडिरहेका छन् । योभन्दा अघि सो सडकखण्डमा वर्षायामदेखि असोजसम्म सवारी साधन गुड्न सकेका थिएनन् । सडकको स्तरोन्नती भएपछि वर्षायाममा उत्पादित बस्तुहरुलाई बजारसम्म लैजान सजिलो भएको चुरे गाउ“पालिका वडा नम्बर ३ का हरिश बोहरा बताउ“छन् ।

बौनिया–जोशीपुर–भजनी सडकखण्डको स्तरोन्नतीसंगै कालोपत्रे हुनथालेपछि जग्गाको मूल्य पनि ह्वात्तै बढ्न थालेको स्थानीयबासी बताउ“छन् । बौनिया–जोशीपुर–भजनी सडकखण्डको स्तरोन्नतीसंगै हुलाकी मार्गले भजनीलाई छोएपछि ग्रामीण बस्तीमा आर्थिक गतिविधि विगतका भन्दा दोब्बरले बढेको भजनी नगरपालिकाका प्रेम बूढा बताउंछन् ।

पूर्वपश्चिम राजमार्ग र दक्षिणमा रहेको हुलाकी मार्गसंग ग्रामीण सडकहरु जोडिने भएका हुन् । कैलालीमा धनगढीको क्याम्पस चोकदेखि सत्तीसम्म हुलाकी मार्गको लम्बाई ६२ किलोमिटर रहेको छ भने चिसापानीदेखि मालाखेतीपुलसम्म ८२ किलोमिटर महेन्द्रराजमार्गको लम्बाई छ ।

भजनीदेखि सत्तीसम्मको अर्को भागमा १८ किलोमिटर सडक पीच हुन बा“की रहेको डिभिजन सडक कार्यालय महेन्द्रनगरका इन्जिनियर महेन्द्रराज पन्तले जानकारी दिए । सामरिक महत्वका सडकहरुको मर्मत तथा निर्माण कार्यको जिम्मेवारी डिभिजन सडक कार्यालयले पाएको छ ।

जिल्ला प्राविधिक कार्यालयका प्रमुख इन्जिनियर मनिषकुमार अर्याल भन्छन् जिल्ला समन्वय समिति मार्फत जिल्लामा मर्मत तथा स्तरोन्नती भइरहेका सडकहरु कृषि सडक अन्तर्गत पर्दछन् ।

कैलालीका पहाडी साविक गाविस खैराला, मोहन्याल, निगाली, सहजपुर, पण्डौन, सुगरखाल, गोदावरी पूर्वपश्चिम राजमार्गसंग जोडिन पुगेका छन् । साविकका खैराला, मोहन्याल र पण्डौनमा गाविसलाई सडक संजालसंग जोड्न एक दुई वर्ष लाग्ने जिल्ला समन्वय समितिले जनाएको छ ।

त्यस्तै, गाउँपालिका र नगरपालिकाले पनि स्थानीय स्तरका सडकलाई स्तरोन्नतीका लागि वर्षेनी प्राथमिकता दिदै आएका छन् । हरेक वर्ष गाउ“पालिका र नगरपालिकाले हिलाम्य सडकमा ग्राभेल हाल्ने काम गर्दै आएको जिल्ला समन्वय समितिका योजना अधिकृत योगेन्द्र ओझाले बताए । उनी भन्छन्– पछिल्ला वर्षहरुमा गाउ“घरमा हिलाम्य सडकमा ग्राभेलिङ गर्ने काम तीब्र बनाइएको छ ।

त्यस्तै, सडक विभागले कैलालीको चिसापानी–सोल्टा र खुटिया–विपिनगर सडक निर्माण गरिरहेको छ । सितलपुर–सिमली–पण्डौन, पहलमानपुर–अम्बासा–लालबोझी सडक बोर्डले बनाउने भएको छ । राष्ट्रिय यातायात नीतिले भनेअनुसार सडक निर्माणमा सम्बन्धित निकायबीच राम्रो सम्बन्ध भइराखेको छैन । डिभिजन सडक कार्यालयका इन्जिनियर पन्त भन्छन्– सडक निर्माणमा समन्वयको अभाव छ । सम्बन्धित निकायबीच समन्वय गरेर अघि बढ्ने हो भने ग्रामीण सडकहरूको स्तरोन्नतीका लागि वर्षौ कुर्नु पर्दैन ।