☰ open Loading... 17 November 2024|  

तिला गाउँपालिकाको प्रथामिकता प्रत्येक वडामा सडक पुर्याउने
  | ३१ असार २०७४, शनिबार १८:२९

जुम्ला । स्थानीय तह निर्वाचन सम्पन्न भईसकेपछि भएको तिला गाउँपालिकाको प्रथम गाउँ सभाले सडकलाई प्रथामिकता दिइएको छ । सडकमा तीन करोड ६७ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको हो । आगामी एक वर्ष्भित्रै तिलाका प्रत्येक वडामा यातायात सेवा सञ्चालन गर्ने गरि वजेट छुट्याइएको छ । तिला गाउँपालिकाका प्रमुख रतननाथ योगीले स्थानीय तहको पहिलो बजेटले सडकलाई प्रथामिकता दिइएको बताए ।

यसैगरी प्रथम गाउँ सभाले चालु तर्फ ३ करोड ७७ लाख रुपैयाँ र पुजिगत तर्फ १७ करोड ४१ लाख २१ हजार रुपैयाँ विनियोजन गरिएको छ। बजेटले आन्तरिक आय १७ लाख रुपैयाँ पुर्याउने अनुमान गरिएको छ ।

कर्णाली रोजगारको २ करोड ३६ लाख रुपैयाँ विनियोजन गरिएको गाँउपालिकाका कार्यकारी अधिकृत सुमन लेङदेन लिम्वुले जानकारी दिए । गाउँ सभा मार्फत नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै गाउँपालिका प्रमुख योगीले वडा स्तरवाट आएका योजनाहरुलाई प्राथमिकतामा राखेकाे बताए ।

सामाजिक सुरक्षा भत्तालाई बैंकिङ प्रक्रियामा लैजाने,वालमैत्री, अपांङमैत्री र महिला मैत्री विकास कार्यमा जोड दिने, मुस्कान सहितको सेवा प्रवाहलाई प्रभावकारी वनाउदै लैजाने,गाउँपालिकामा सरकारी तथा गैरसरकारी कार्यालयका कार्यक्रमलाई एकद्धार प्रक्रिया मार्फत अघि बढाउने र भष्टचार रहित गाउँपालिका निर्माण गर्ने नीति प्रथम गाउँ सभाले पारीत गरेको छ ।