| ३१ असार २०७४, शनिबार २३:०६
दैलेख केन्द्रविन्दु भएर शनिबार राती भुकम्प गएको छ । १० बजेर २० मिनेटमा दैलेख सदरमुकामदेखि उत्तरमा पर्ने भवानी र बालुवाटारकाे विच केन्द्र बनाएर ४ रेक्टर स्केलको भुकम्प गएको हो ।
यो समाचार तयार पार्दासम्म कुनै पनि मानविय क्षती भएको छैन् । दैलेख प्रहरीले धक्का महशुश भएपनि हालसम्म कुनै क्षतीको विवरण बारे जानकारी नआएको पुष्टी गरेको छ । भुकम्प गएपछि दैलेखका नागरिक घरबाहिर निस्केका छन् । दैलेख केन्द्रविन्दु बनाएर गएकाे भुकम्पकाे धक्का सुर्खेत, कालिकाेट र जुम्लामा महशुस गरिएकाे थियाे ।