☰ open Loading... 14 September 2025|  

सुर्खेतमा तिज विशेष तथा सम्मान कार्यक्रम हुने
  | १ श्रावण २०७४, आईतवार ११:४४

सुर्खेत । सिस्टर नेपाल काठमाडौंको आयोजनामा यही साउन अन्तिम साता तीज विशेष तथा सम्मान कार्यक्रमकाे अायाेजना गर्ने भएकाे छ । महिलाहरुको क्षेत्रमा काम गर्दै आएको सिस्टर नेपालले साउन २८ गते वीरेन्द्रनगरको घण्टाघरमा सो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रम बारे जानकारी दिँदै अायाेजक संस्था सिस्टर नेपालका अध्यक्ष नन्दा बस्याल ।

तीज विशेष कार्यक्रममा विद्यालय स्तरिय तीज प्रतियोगिता आयोजना गर्ने सिस्टर नेपालका अध्यक्ष नन्दा बस्यालले जानकारी दिइन् । उनले प्रतियोगितामा महिलाहरुको मात्रै सहभागी हुने र उनीहरुलाई नगद पुरस्कार दिइने बताइन् । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु. १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई पाँच हजार पुरस्कार दिइने आयोजक संस्था सिस्टर नेपालले जानकारी दियो ।

वीरेन्द्रनगरमा आइतबार विहान गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष बस्यालले सामाजिक क्षेत्रमा योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरिने रहेको बताईन् । उनले सुर्खेतका नौं स्थानीय तहका उपमेयर÷उपाध्यक्ष र युवा क्षेत्रमा काम गर्ने एक जना पुरुष वा महिलालाई सम्मान गर्ने पनि बताईन् ।

सम्मानका लागि उपप्रमुख÷उपाध्यक्ष बाहेक सामाजिक क्षेत्रमा उत्कृष्ट योगदान पु¥याएका महिलाहरु छनौट समितिले नामावलीको टुंगो लगाउने बस्यालले उल्लेख गरिन् । ‘सम्मानित हुने व्यक्तिहरुको नाम छनौट गर्नमा आयोजक संस्थाले केही काम गर्दैन्’ अध्यक्ष बस्यालले भनिन्,–‘छनौट समितिले नामावली दिएपछि हामीहरुले ति व्यक्तिहरुलाई सम्मानित गर्नेछौं ।’

२०७१ सालमा स्थापना भएको सिस्टर नेपालले हरेक वर्ष विविध कार्यक्रमहरु गर्दै आएको छ । स्थानीय तथा राष्ट्रिय कलाकारहरुको उपस्थिती हुने सो कार्यक्रममा दर्शकले निःशुल्क हेर्न पाउने बताइएको छ । कार्यक्रमका सह–आयोजक राज डान्स र प्रयोजक ट्यान्स वर्ग वियर रहेको आयोजकले बतायो ।