जातिय छुवाछुत अहिलेको मात्र समस्या होइन । नेपाली समाजमा सदियौ देखि जरो गाडेर बसेको कुपर्था हो । एउटै समुदायको वरिपरी बस्ने रातै रगत, एउटै वर्ण अनी एउटै लुवाई खुवाई भएका व्यक्तिहरु विच तल्लो जात र माथिल्लो जातको दर्जा दिइएको छ । समग्रमा विश्वमा छरिएर रहेका सबै मान्छे नै हौ तर पनि हाम्रो नेपाली समाजमा तल्लो जात“दलित” र माथिल्लो जात ब्रामण, क्षेत्री, बाहुन उपनाम दिइएको छ । जसले समाजमा अझै पनि तल्लो जात भनेर उपनाम पाएकाहरु थिचो मिचोमा पर्दै आइरहेका छन् ।
सर्सती हेर्दा विगत देखि वर्तमान सम्मलाई कोट्याउने हो भने पछिल्लो दिनहरुमा यसको केहि कमी आएको भएपनि ग्रामिण क्षेत्रमा “दलित” शव्द अझै घृणीत शव्दको रुपमा देखिएकै छ । सामाजिक रुपमा अझै पनि तल्लो जातले छोएको पानी खानु हुँदैन भन्ने जस्ता कुरिती कायमै छ ।
माथिल्लो जातको घरमा उत्पादन भएका दुधजन्य पदार्थ तल्लो जातले खानुहुँदैन भन्ने परम्परा अझै कायमै छ । कारण माथिल्लो जातको घरमा पालिएको गाई भैसीबाट उत्पादन भएका दुधजन्य पदार्थ तल्लो जातको मान्छेले खाएमा भैसी रुख चढ्छ रे ? यस्तो खालको कुसस्कार भएका कारण पनि नेपाली समाज पछि परेको हो ।
- जुत्ता बनाउन सुरु भयो जुत्ता बनाउनेलाई “सार्की” भनेर हेप्न सुरु ग¥यो त्यहि मान्छेले । समाजको सबै धन्दा माथिल्लो दर्जामा राख्नु पर्ने मान्छेलाई सबै भन्दा तल्लो जातको उपनाम दिएर पठायो यहि समाजको मान्छेले । यस्तो खालको संदेश यो चलचित्रमा समावेश गरिएको छ ।
नेपाली समाजको यथार्थ चित्रण गरिएकोे नेपाली चलचित्र “बाटो मुनीको फुल –२” हेर्दा यस्तो लाग्यो यो समान आज पनि त्यहि पुरानै परम्पराबाट चलिरहेको छ । बाहिरी रुपमा छुवाछुत अन्त्य भयो भनेर चोक चोक अनी आम सभामा भाषण गर्ने माथिल्लो जातको उपनाम पाएका व्यक्तिहरु बाट नै तल्लो जातको दर्जा पाएका व्यक्तिहरु थिचोमिचोमा छन् ।
कुनै बेला मानिसको पुच्छर थियो रे । विस्तारै मानिसको पुच्छर हराउदै गयो तर मानिसको मनमा कुविचार पलाउदै गयो । मान्छे रुखको पातमा खाना खान्थ्यो रे खाना खाने थाल बनाउन थाल्ने व्यक्तिलाई “कामी” भनेर हेप्न सुरु भयो । मान्छेको शरिरमा कपडा थिएन, कपडा सिलाउन सुरु गर्ने मान्छेलाई दमाई भनेर हेप्न सुरु ग¥यो त्यहि मान्छेले ।
खुट्टामा जुत्ता थिएन् । जुत्ता बनाउन सुरु भयो जुत्ता बनाउनेलाई “सार्की” भनेर हेप्न सुरु ग¥यो त्यहि मान्छेले । समाजको सबै धन्दा माथिल्लो दर्जामा राख्नु पर्ने मान्छेलाई सबै भन्दा तल्लो जातको उपनाम दिएर पठायो यहि समाजको मान्छेले । यस्तो खालको संदेश यो चलचित्रमा समावेश गरिएको छ ।
- मान्छेले मान्छेलाई अछुतो बनाउने कहिले सम्म ? त्यहि दलितले सिलाएको कपडा लगाउदा अछुतो नहुने, त्यहि दलितले छोएको पानी खादाँ अछुतो हुने । त्यहि दलितले बनाएको भाँडामा खाना खादा अछुतो नहुने त्यहि दलितले छोएको पानी खाँदा अछुतो हुने ? यस्तो समाज कहिले हुन्छ परिवर्तन ?
हामीले भन्दै आएको कुरा यो समाज २१ औ शताब्दी मा पुगिसक्यो । तर खै त यहि हो २१ औ शताब्दी भनेको ? मान्छे शिक्षीत भइसके ? तर व्यवहारिक रुपमा शिक्षीत भएकै छैनन् । बाह्य रुपमा शिक्षा प्राप्ती गरेर मात्र शिक्षित भयौ भन्नु महामुर्ख हो । चलचित्रमा एउटा पक्ष दर्शाइएको छ । एउटी दलित युवति मन्दिर छेउमा फूल बेच्दै गर्दा उसले बेचेको फुल मन्दिरमा चढाउनको लागि अछुतो हुने रे ।
तर त्यहि दलित समुदायकै युवतिले आफ्नो शरिर बेच्दा हरेक पूरुषलाई अछुतो नहुने रे ? यो कस्तो समाज हो ? जहाँ मान्छेको शरिर अछुतो नहुने रे तर त्यहि मान्छेले छोएको फुल मन्दिरमा चढाउदा अछुतो हुने रे ? मान्छेले मान्छेलाई अछुतो बनाउने कहिले सम्म ? त्यहि दलितले सिलाएको कपडा लगाउदा अछुतो नहुने, त्यहि दलितले छोएको पानी खादाँ अछुतो हुने । त्यहि दलितले बनाएको भाँडामा खाना खादा अछुतो नहुने त्यहि दलितले छोएको पानी खाँदा अछुतो हुने ? यस्तो समाज कहिले हुन्छ परिवर्तन ?
देशलाई छुवाछुत मुक्तराष्ट्र घोषणा गरेको ११ वर्ष पुग्यो । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषणा गरेको थियो । २०६३ जेष्ठ २१ गते पूनः स्थापित संसदले नेपाललाई छुवाछुत मुक्त घोषण गरेको थियो । यो घोषण पश्चात देशमा अन्तरिम संविधान ३०६३ जारी भयो । दुई दुई पटक संविधान सभाको निर्वाचन भयो ।
संविधान सभाको पहिलो वैंठकबाट २४० वर्ष देखि एक क्षत्र राजगर्दै आएको राजतन्त्रको अन्त्य भयो गणतन्त्र आयो । र नेपालको ईतिहासमानै संविधान सभा मार्फत नेपाली जनताले संविधान पाए । यसरी अगाडि बढीरहदा नेपाली समाजमा पछाडि पारीएको दलित समुदायले के पाए ? अर्थात यत्रा व्यवस्था फेरिदा दलितहरको अवस्था फेरियो कि फेरिएन ? देशलाई छुवाछुत मुक्तराष्ट्र घोषण गरेको ११ वर्ष पूरा भईरहेको अबस्थामा समिक्षा गर्ने बेला आएको छ ।
- जहाँ जान्छौ नेपाली हौ भन्ने शब्द सबैको मुखबाट बुलन्द होस भन्ने चाहेका छन् । यो त्यो जात, त्यो यो जात भनेर कसैलाई भन्न नपरोस त्यो परिवर्तन चाहेका हुन् । देशको शासन सत्ता चलाउने व्यक्तित्वहरुले जति नै भाषण र चर्का कुराहरु गरे पनि समाज अझै पनि परिवर्तन भएको छैन् ।
आखिर व्यबस्था फेरिएको छ तर अबस्था फेरिएको छैन । राणा शासन ढालेर प्रजातन्त्र ल्याउन दलहरुले जनता लोभ्याउन दलित मुक्तिका कुरा उठाएका थिए । पञ्चे शासन जोगाउन पनि राजा महेन्द्रले मुलुकी ऐन २०२० जारी गरि दलितका लागि राहतका कार्यक्रम ल्याएका थिए । २०४६ मा पनि दलित मुक्ति दलहरुको एउटा नारा थियो ।
तत्कालीन ने.क.पा.(माओवादी) ले त शोषित पिडित उत्पीडित दलितहरुको मुक्तिको लागि भनेर बन्दुकनै बोकेको थियो । भने २०६२÷६३ को जनआन्दोलनमा त्यो नाराले निरन्तरता पायो । विडम्बना कोहि ईमान्दार भएनन् । सबैले दलितको भाबनासग मात्र खेले । कसैले दलित मुक्तिको एकिकृत बैधानीक मोडल बाहिर ल्याएनन् । बरु प्रक्रिया र विधिमा नै झगडा गरिरहे ।
नेपालमा जतिपनि आन्दोलन भए ति सबै समानता न्याय र सामन्तीहरुको विरुद्धमा भए । यो समाजमा एउटा पक्ष आफु माथिल्लो जातको दर्जा पाएकोमा सधै गर्भ गर्छ । अर्को पक्ष आफु दलित समुदाय भित्र परेकोमा सधै अपहेलित सहनुपरेको छ । दलितको उपनाम पाएको त्यो समुदाय सधै आफ्नो हक अधिकार र न्यायका लागि लडिरहे । समानताका लागि लडिरहे ।
तर खै त उनिहरुको समाजनता ? खै त उनिहरुको न्याय ? खै त उनिकहरुको अधिकार । संविधानमा दलितहरुलाई कोटाको व्यवस्था गरियो रे । दलितहरुलाई कोटाको व्यवस्था आवश्यक होइन् । उनिहरुलाई समानता चाहिएको हो । समाजमा सबै मान्छे एउटै हुन भनेर सबैको आवाज सुन्न चाहिरहेका हुन् ।
जहाँ जान्छौ नेपाली हौ भन्ने शब्द सबैको मुखबाट बुलन्द होस भन्ने चाहेका छन् । यो त्यो जात, त्यो यो जात भनेर कसैलाई भन्न नपरोस त्यो परिवर्तन चाहेका हुन् । देशको शासन सत्ता चलाउने व्यक्तित्वहरुले जति नै भाषण र चर्का कुराहरु गरे पनि समाज अझै पनि परिवर्तन भएको छैन् ।
समाज परिवर्तन गर्ने अभियानमा लागेका व्यक्तिहरुलाई यो कुरा जानकारी होस् । समाज परिवर्तनका लागि पहिला आफुबाट परिवर्तन थालौ । मान्छेले मान्छेलाई गर्ने छुवाछुत, भेदभाव अन्त्यका लागि सबैको आवाज एउटै होस, “हामी नेपाली हौ” ।
(लेखक परिवर्तन दैनिकका कार्यकारी सम्पादक हुन् ।)