☰ open Loading... 14 September 2025|  

साउने संक्रातीमा यसरी फालियाे अगुल्टाे बालेर लुताे
  | १ श्रावण २०७४, आईतवार २०:१०

जुम्ला । लुतो लगायत असारे हिलोबाट आउन सक्ने रोग निको हुने जनविस्वासका साथ घरघरको छतमा आगाको राँको बाली जुम्लामा साउने संक्रान्ति मनाइएको छ । परम्परा अनुसार बलेको अगुल्टो शिर घुमाई पारि पटी्को गाउँलाई लुतो लैजा भन्दै गाली गरी फालेपछि वर्खाभर खेतबारीको काम गर्दा लागेको छालाको रोग, खटिरा, लुतो आदि निको हुने विश्वास मान्यता रहेको ज्योतिष पण्डित विष्णु प्रसाद उपाध्यायले बताए ।

उनले भने सुर्यले माघ १ गते अर्थात् मकर संक्रान्तिका दिन उत्तरतर्फको यात्रा गर्ने सूर्यले साउन १ देखि दक्षिणको यात्रा गर्ने भएकाले दक्षिणायनका रुपमा पनि प्रचित रहेको अवगत गराए । साउन १ गतेका दिनबाटै सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने अर्का सस्कृति सम्बन्धी जानकार व्यक्ति तथा खसिया आखरका सम्पादक रमानन्द आर्चायले बताए ।

वर्षाको काम सकेर हिलो मैलो पखालि भोज खाने चलन पनि छ । असारे हिलोबाट आउन सक्ने रोगबाट बच्न सफा सुग्घर भएर लुतो फाल्ने भन्दै खेतबारीबाट लुते झारलाई ल्याइ घरको आँगनमा गाँइको गोबरले लिपेर दिप राँका अर्थात अग्नीको ज्वालालाई शिरमा घुमाएर कण्डारक राक्षसका नाममा फालिने उहाँको भनाइ छ । लुते झारले शरिर पुछेर फाल्दा रोगहरु निको हुने र शरिरमा स्फुर्ति आउने परम्परागत मान्यता छ ।

जुम्लामा अाइतबार साँझ सबैका घरमा आगोको राँका हाल्ने परम्परागत पनि चलन रहेको छ । भने साउन महिनाको सोमबार बिबाहित तथा अबिबाहित महिलाहरुका लागि महत्वपुर्ण दिन मानिने कलाप्रेमी तथा गायक खडानन्द चौलागाईले बताए ।

भगवान शिव पार्वतीसँग लुकेर बसेको र पछि पार्वतीले ज्योतिर्लिङ्ग स्थापना गरि त्यसको पुजा गर्न थालेपछि शिव प्रकट हुनु भएको मान्यता अनुसार महिलाहरु बत्र्र बस्ने र पतिको दिर्घायु र सुस्वास्थ्यको कामना गर्दै शिवको पुजा आराधना गर्ने गर्छन् । यो अवधिमा महिलाले रातो, पँहेलो, हरियो बस्त्र, हातमा मेहन्दी र हरियो चुरा लगाउँछन् । आजैदेखि सूर्य दक्षिणायन हुने भएकोले देवताका रात र पितृका दिन हुन्छन् भन्ने मान्यता छ ।