☰ open Loading... 17 November 2024|  

दैलेखका स्थानीय तहका रोडम्याप : जीवन सुरक्षा कोषदेखी दिर्घरोगी वृद्धहरुलाई निशुःल्क औषधी
  | २ श्रावण २०७४, सोमबार ०९:४५

दैलेख । गुँरास गाँउपालिका दैलेखले आफ्नो निति तथा कार्यक्रममा नवजात शिशुदेखी वृद्धहरुसम्मलाई लक्षित गरेर कार्यक्रम बनाएको छ । गुँरास गाँउपालिकाले जिवन सुरक्षा कोष, मार्फत साउनदेखी जन्मिने बच्चालाई गाँउ पालिकाको तर्फ २ हजार र आमा, बुवाको तर्फबाट २ हजार कोषमा जम्मा गरिनेछ ।

गाँउपालिकाका अध्यक्ष खेमराज वलीले बच्चाको उमेर २० वर्षपुग्दा कोषबाट २ लाख पाउनेछन् । उनले निति तथा कार्यक्रममा पारित भएपनि सम्पूर्ण तयारीका लागि कार्यकारी अधिकृतको संयोजत्वमा कार्यविधि बन्दै गरेको बताए । यो प्रत्येक वर्ष कोषमा बार्षिक ५० लाख बचत हुने योजना लिईएको छ ।

एक बस्ती एक उत्पादन, कार्यक्रम पनि निति तथा कार्यक्रममा परेको छ । जसअन्र्तगत किसानले कुनै एक उत्पादनका लागि सरकारी, सहकारी र निजि क्षेत्रबाट प्रोत्साहन रकम दिईने ब्यवस्था गाँउपालिकाले मिलाएको छ । यसको पनि कार्यविधि बन्दै गरेको गुँरास गाँउपालिका कार्यालयले जनाएको छ । कार्यक्रममा ६० वर्षदेखी माथिका दिद्र्यरोगीलाई निशुःक औषधी वितरण पनि राखीएको छ । यसको ब्यवस्था वडा तथा गाँउपालिकाको कार्यलयबाट हुनेछ ।

त्यस्तै विपन्न बस्ती उज्यालो कार्यक्रम पनि घोषणा गरिएको छ । उज्यालो कार्यक्रममा ५ वर्षसम्म पनि पत्ती बाल्न नसकेको दुर्गम बस्ती सोलार, लद्यु जलविद्युत निर्माण गरिने जनाईएको छ । १ जनरल २ कृषि क्याम्पसका लागि पूर्वाधार निर्माण, सेप्टी, पातिकाँला घोडाबास धमरपाखरा, (गुरास गैरव मध्यमार्ग) सवै वडाहरु कार्यालय र बस्ती छुने सडक २ वर्षमा निर्माण गर्ने लक्ष्य लिईएको छ ।

यो मध्यमार्गमा अहिलेसम्म सडक नै जोडिएको छैन् । लिफिटिक सिस्टमबाट लेकाली बस्तमा ५ खानेपानी पुराउने योजना निति तथा कार्यक्रममा राखीएको छ । ‘गुँरास गाँउपालिका हिउँपर्ने लेकालीदेखी गर्मी हुने समर्थन भुभागसम्म फैलिएकाले निति तथा कार्यक्रमहरु सवैलाई लक्षित गरेर बनाईएको छ ।’ गाँउपालिका अध्यक्ष खेमराज वलीले भने, ‘केही दिर्घकालिन निर्णय गरेका छौ । जसले शिशुदेखी जेष्ठनागरिकसम्म लक्षित गरेका गरिएको छ ।’

महावु गाँउपालिकाले पनि गाँउपालिकालार्य घरभित्रको धुवाँरहित गाँउपालिका बनाउने निति तथा कार्यक्रममा राखेको छ । मानसरोवार जाने रुटका लागि गाँउपालिका हुँदै जाने पूर्वाधारका लागि पहल गर्ने समेत उल्लेख गरिएको छ ।

सवै मठमन्दिरलाई निर्माणका साथै शैक्षिक, स्वास्थ्य सुधारका लागि नयाँ ईकाई खोल्नेदेखी ब्यवस्थापन गर्नेसम्म निति तथा कार्यविधिमा राखीएको महावु गाँउपालिका अध्यक्ष जंगबहादुर शाहीले बताए । सडकदेखी विद्यूतसम्म पनि र स्वास्थ्य ईकाईका लागि निर्णय। जंगबहादुर शाही ।

पर्यटकिय क्षेत्र निर्माणका लागि कोटिलामा मानवनिर्मितका लागि (डिपिआर) १६ लाख छुट्याएको नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले बताए । ‘तालको योजना पुरा भए पर्यटनको ओहिरो नै लाग्छ ।’ मेयर खड्काले भने, ‘निति तथा कार्यक्रममा प्राथमिकता दिएर तालका लागि बजेट विनियोजन गरेका छौं ।’

नगरमा बेरोजगार यूवाहरुको अवस्थाका बारेमा प्रोफाईल बनाउने, फोहोर मुक्त नगर, नगर गुरु योजना निर्माण, असल आमा कोष निति तथा कार्यक्रममा राखिएको छ । नारायण नगरपालिकाले मानव निर्मित ताल र असल आमा कोष नयाँ कार्यक्रम राखेको हो । असल आमा कोषले १ हजार भत्ता उपलब्ध गराउछ ।

कोष अन्र्तगत भत्ता पाउनेमा बढीमा दुई बच्चासम्म जन्माउने, नियमित गर्भवती जाँच, १५ महिनाभित्र सम्पूर्ण खोप, ३५ दिनभित्र जन्मदर्ता हुनुपर्ने छ । निति तथा कार्यक्रममा असल आमा कोषबाट परिवार नियोजन, बालमृत्यु दर घटाउने, सुरक्षित मातृत्वमा सहयोग हुने उपमेयर सावित्री मल्लले बताईन् ।