| ५ श्रावण २०७४, बिहीबार ०८:०२
सुर्खेत : मध्यपश्चिममा एक वर्षको अवधिमा दैवी–प्रकोपबाट ५० जनाको मृत्यु भएको छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०७३÷०७४ मा दैवि प्रकोपका घटनाबाट ५० जनाको मृत्यु भएको हाे ।
आगलागी, बाढीपहिरो, चट्याङ जस्ता घटनाबाट वर्षेनी नागरिकहरुको मृत्यु हुने गरेको क्षेत्रीय प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । गत आर्थिक वर्षमा भेरी अञ्चलमा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
यस्तै, राप्ती अञ्चलमा दैवि प्रकोपबाट ३९ जनाको मृत्यु, ३३ जना घाइते र सात जना वेपत्ता भएको क्षेत्रीय प्रहरी कार्यालयले जानकारी दियो । यता, कर्णाली अञ्चलमा भने ८ जनाको मृत्यु, ८ जना घाइते र एक वेपत्ता छन् ।