जुम्ला । पहिरोका कारण कर्णाली राजमार्ग आइतवार देखि अवरुद्ध भएको छ । अविरल वर्षाका कारण कर्णाली राजमार्गमा पर्ने दैखोला देखि घट्टेखोला सम्मको करिब १ सय २० मिटर सडक खण्डमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो ।
आइतवार साझँ ६ वजेतिर खसेको पहिरोका कारण ४० देखि ५० वटा साना ठुला यातायातका साधन अवरोद्धमा परेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जानकारी दिएको छ ।
आइतबार साझँबाट बन्द भएको सडक खुलाउनका लागि सडक डिभिजन कार्यालय जुम्लालाई निर्देशन दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए । यता सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख अगंलाल रोकायाले सडक बन्द भएको जानकारी पाउना साथ जेसिबी मेसिन र एक्साभेटर पठाएको र पहिरो पन्छाउने काम दुबै तिरबाट भएको उहाँले बताए । हिजोसाझँ परेको ठुलो पानीले दैखोला नजिक २० मिटर सडक भाँसिएको छ भने अरु ठाउँमा ठुल्ठुला ढुंगा खसेको कार्यालय प्रमुख रोकायाले बताए ।
पहिरो खसको ठाउँमा बाटो खुलाउनका लागि नियमति काम गरेपनि करिब ४/५ दिन लाग्न सक्ने अनुमान गरिएको प्रमुख रोकायाको भनाई छ । सडक बन्द भएपछि अहिले करिब बाटोमा एक हजार जति यात्रु मर्कामा परेका छन् । कार्यालय प्रमुख रोकायाले कर्णाली राजमार्ग विभिन्न कारणले बन्द हुने गरेपनि सडक विभागले जुम्लालाई ठुला क्षमताका मेसिन पठाउन नसकेको बताए ।
सडकमा खसेको पहिरोमा खसेका ढुंगा बेलास्टिंग गर्नुपर्ने भएकाले जिल्ला प्रहरी कार्यालय कालिकोटसगँ समन्वय गरिरहेको सडक डिभिजन कार्यालय जुम्लाका कार्यालय प्रमुख रोकायाको भनाई छ । कर्णाली राजमार्गमा सञ्चालन भैरहेका यातायात व्यवसायी र यात्रुहरुले समस्या भोग्दै आएका छन् ।
अबरुद्ध सडक संचलानका लागि काम हुदै
साथै विगत दुई हप्ता दिनदेखि अवरुद्ध भएको जुम्ला नाग्म देखि मुगु गमगढी सडक संचालनका लागि सडक डिभिजन कार्यालय जुम्लाले काम थालेको छ । कार्णाली राजमार्ग अन्तर्गत नाग्म गमगढी सडक खण्डको विभिन्न स्थानमा गएको पहिरो र बर्षाको हिलोका कारण दुई हप्ता यता सडक खण्ड अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख अंगलाल रोकायाका अनुसार अवरुद्ध सडक खुलाउन विगत तिन दिनदेखि निरन्तर स्काभेटर खटाएर काम गर्न शुरु गरीएको छ ।
उहाले भन्नुभयो, सडक खुलाउन निरन्तर हाम्रा कर्मचारी फिल्डमा बसेर काम गरीरहेका छन् । काम रप्तारले गरेपनि बर्षाले सडक हिलो र पहिरो खस्दा समस्या भएको हो । सडकको पहिरो पन्छाउने र हिलो हटाउने काम जारी छ । जुम्ला सिंजा क्षेत्रमा सडकको ३ ठाँउमा पहिरो गएको अवगत गराउदै सवारी संचालनमा समस्या भएको रोकायाको भनाइ छ । त्यस्तै मुगुको ताल्चा विमानस्थल नजिक सडकमा हिलै हिलोका कारण सवारी संचालन हुन नसकेकोले हिलो हटाउन समस्या भएको उहाले बताइएको छ ।
सडक खण्डको दर्जनौं ठाउँमा अवरुद्ध भएपछि मुगु जिल्ला सदरमुकाम गमगढी बजार लगाएतका अन्य बस्तीहरुमा दैनिक उपभोग्य बस्तुको मुल्य वृद्धि हुन थालेको स्थानियको भनाइ छ । नाग्म गमगढी सडक खण्डको ९० किलोमिटर कच्ची साघुरो सडक अवरुद्ध भएपछि साना तथा ठूला मालबाहक गाडि तथा अन्य सवारी साधनहरु बस र जिपहरु ठाँउ ठाउमा रोकिएका छन् । लगातार बर्षातले सडक अवरुद्ध हुँदा स्थानियलाइ आवत जावतमा समस्या भएको छ । भने आपत्कालिन बिरामीहरुलाई समेत उपचारका लागि बाहिर लैजान असहज भएको छ ।