☰ open Loading... 16 November 2024|  

सुर्खेत पहिराे र बाढीकाे उच्च जाेखिममा, सर्तकर्ता अपनाउन प्रशासनकाे अाग्रह
  | ११ श्रावण २०७४, बुधबार ०८:३९

सुर्खेत । जिल्लाका उत्तरी क्षेत्रमा पर्ने साविकका गाविसहरु पहिरोको उच्च जोखिम रहेका छन । उत्तरी क्षेत्रमा पर्ने साविकका धारापानीदेखि लेखगाउँसम्मका गाविसहरु पहिरोको उच्च जोखिम रहेकालेसर्तकता अपनाउन जिल्ला दैवी–प्रकोप उद्धार समितिले आग्रह गरेको हो ।

वीरेन्द्रनगर उपत्यकासहित भेरी नदी किनारका बस्तीहरु बाढीको उच्च जोखिम पर्दछन् । उपत्यकाका ईत्राम खोला र खोर्के खोलामा बाढीको बढी जोखिम रहेको जिल्ला दैवी–प्रकोप उद्धार समिति सुर्खेतले जानकारी दिएको छ । वर्षात हुने क्रम बढेसंगै नागरिकहरुलाई सर्तक हुन समितिले मातहतका युनियटहरुलाई जानकारी गराइसकेको प्रशासनले जनायो ।

विपद् यति बेला आउछु भनेर जानकारी नदिने भएकाले विपद्मा परेका नागरिकहरुलाई उद्धार गर्न समिति तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रशासकिय अधिकृत हितप्रसाद पौडेल बताउँछन् ।

जिल्ला दैवी–प्रकोप समितिले एक्लैले विपद् व्यवस्थान गर्न नसक्ने भएकाले सम्बन्धित सबै निकायहरुलाई सर्तकर्ता अपनाउन अपिल गरिएको उनको भनाई छ । दैवी–प्रकोपबाट हुन सक्ने घटनालाईका तत्काल उद्धार गर्न समिति वैठकले योजनाहरु समेत स्वीकृत गरेको छ ।

‘०७१ सालमा आएको बाढीपहिरोले कतिपय नागरिकहरु सचेत भइसकेका छन्,’ पौडेलले भने,– ‘तर तत्काल विपद् आइलागेमा उद्धार गर्नमा समिति तयारी अवस्थामा छ ।’ विपदमा आवश्यक पर्ने खोज र उद्धारका सामाग्रीहरु तयारी अवस्थामा राखेको समितिले बतायो । उद्धारका लागि स्थानीय स्तरमा युवा, नेपाल रेडक्रस सोसाईटी, नेपाली सेना, सशस्त्र प्रहर र नेपाल प्रहरी परिचालन गर्न तयारी अवस्थामा राखएिको पौडेल बताउँछन् ।

विपद्मा आवश्यक पर्ने गैर–खाद्यन सामाग्रीहरु मध्ये लत्ता कपडा, त्रिपाल लगायतका सामग्री नेपाल रेडक्रस सोसाइटी शाखा सुर्खेतमा मौज्याद राखिएको छ । खाद्यन सामाग्रीहरु भने बजार नजिक भएकाले विपदको समयमै खरिद गर्ने सवै प्रवन्ध समितिले मिलाएको छ । जतिखेर पनि प्रकाकृतिक घटनाहरु हुने भएकाले दैवी प्रकोप समितिको खातामा ७ लाख रुपैयाँ हुनु पर्ने कानुनी प्रावधान छ ।

दैवी–प्रकोपमा परेकाहरुलाई पुर्नंवास गराउनका उचपारका लािग स्वास्थ्य समिति, रेडक्रशको नेतृत्वमा खाद्यन तथा गैर–खाद्यन वितरण समिति, महिला तथा बालबालिका कार्यालय नेतृत्वमा गर्भवति महिला तथा बाललिकाहरुको सुरक्षा समिति लगायतका ९ वटा समितिलाई सक्रिय बनाएको राखेको प्रशासनको भनाई छ ।