☰ open Loading... 24 February 2025|  

सालकोट स्वास्थ्य केन्द्रका आकस्मिक र रात्री सेवा बन्द
  | ११ श्रावण २०७४, बुधबार ०८:५७

सुर्खेत । पञ्चपुरी नगरपालिका स्थित सालकोटमा रहेको प्राथमिक स्वास्थ्य सेवा केन्द्रले दिँदै आएको आकस्मीक र रात्रीकालिन सेवा वन्द गर्ने भएको छ । केन्द्रले सिमित संख्यामा रहेको स्वास्थ्य तथा अन्य कर्मचारीबाट प्राथमिक स्वास्थ्य केन्द्रले नीतिगत रुपमा डाक्टरलाई दिनुपर्ने सेवा सुविधाभन्दा थप नगरेको भन्दै डाक्टरहरुले यो सेवा बन्द गर्न लगेको खवर आजको सुर्खेत पहिचान दैनिकमा छ ।

आकस्मिक तथा रात्रीसेवा दिएको तर केन्द्रमा कार्यरत स्वास्थ्यकर्मी कर्मचारीहरुलाई न्यूनतम पारिश्रमिक नदिएकाले सेवा बन्द गर्नु परेको स्वास्थ्य केन्द्रका सिनियर अहेव डिल्लीराम सापकोटाले जानकारी दिए । यता, पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले स्वास्थ्य केन्द्रका आकस्मिक र रात्रीसेवा बन्द गर्नेबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् ।

स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सेवा थप्नुको सट्टा कटौती गर्नु गलत भएको स्थानीयको भनाई छ । गर्मी तथा वर्षातको कारण रोग फैलने र सर्पदंश बढीहुने समयमा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत डा. सन्दीप महतले आकस्मिक र रात्रीसेवा बन्द गरेको जानकारी विज्ञप्ती मार्फत जानकारी दिएका थिए ।