| ११ श्रावण २०७४, बुधबार १८:२५
सुर्खेत । बुधबार दिउसो वीरेन्द्रनगरमा परेको वर्षातका कारण यारीचौक क्षेत्रमा जलमग्न भएको छ । यरिचौकदेखि उत्तरतर्फको एक होटलमा बाढी समेत पसेको छ । भैरवस्थान क्षेत्रबाट आएको बाढीले केही होटल र पसलहरुमा पसेको थियो ।
तर यरीचौकदेखी उत्तर–पश्चिम जुम्लारोड किनाराका रहेका घर र होटलहरुमा समेत पानी पसेको छ । वर्षातले निर्माणाधिन फोरलेन सडक हिलाम्मे र सडकमा पानी जमेपछि नागरिकलाई आवत जावतमा समस्या भएको छ । संचयकोष कार्यालयदेखी मुलपानी चौकसम्मको सडक क्षेत्रमा विभिन्न भागमा खाल्डाखुल्डीले सडकमा पानी जमेको छ ।
शव्द/तस्वीर : सुशील खड्का