दैलेख । भगवतीमाई गाँउपालिका दैलेखले आफ्नो निति तथत कार्यक्रममा सुर्तीजन्य पदार्थ उत्पादन तथा विक्रिमा पूर्ण निषेध गर्ने निर्णय गरेको छ । गाँउपालिकाले म स्वस्थ, मेरो परिवार स्वास्थ र मेरो समाज स्वस्थ भन्ने नारा लिएर पहिलो निर्णय सुर्तीजन्य पदार्थ सार्वजनिक स्थलमा विक्रि तथा उत्पादनमा रोक लगाउने निर्णय गरेको हो ।
गाँउपालिकाको कार्य गाँउ सभाको १७ नम्वर बुदांमा सुतीजन्य पदार्थहरु निषेध गर्ने निर्णय गरिएको गाँउ पालिकाका कार्यकारी अधिकृत भिमबहादुर बुढाले बताए । तत्काल कार्यान्वयन हुने गरि कार्यविधिको अन्तिम तयारी भईरहेको कार्यकारी अधिकृत बुढाले जानकारी दिए । ‘भगवतीमाई गाँउपालिकाभित्र सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ उत्पादन तथा विक्रि वितरणमा पूर्ण निषेध गरिने छ ।’ निर्णयमा भनिएको छ ।
पछिल्लो समय गाँउघरमा यूवा तथा वृद्धाहरुमा सुर्तीजन्य पदार्थको प्रयोग बढेकाले नितिगत रुपमै विक्रि तथा उत्पादनमा रोक लगाउने निर्णय गरिएको गाँउपालिका अध्यक्ष दानबहादुर थापाले बताए । स्वस्थ, समृद्धि र उत्पादनमुखी गाँउपालिका बनाउने गरि निति तथा कार्यक्रम बनाईएको छ ।
अध्यक्ष दान बहादुर थापाले भने, सुरुवात सुर्तीजन्य पदार्थ विक्रि र उत्पादन रोक्ने निर्णयबाट भएको छ । निर्णयहरु तत्काल कार्यान्वयन हुनेछ । गाँउपालिकाले तत्काललैबाट लागु हुनेगरि कृषिलाई प्राथमिकता दिदै तरकारी र मासु निर्यात गरिने अध्यक्षले उद्घोष गरेका छन् ।
गाँउपालिकाले शिक्षामा अनिर्वाय आधारभुत शिक्षाको बहार, विभेद रहित गाँउपाकिलाको सान सवै नागरिकको आत्म सम्मान लगायतका नाराहरुसंगै कार्यक्रम निति तथा कार्यक्रम प्राथमिकता दिएर ल्याएको छ ।
गाँउपालिकाको भौगलिक बनावट र समृद्धिहरु पहिचान गरेर उत्पादन, अनुसन्धान र बजार प्रवद्र्धनमा सहजता ल्याएर किसान तथा उद्योगीहरुलाई सहकार्य गर्ने निति अवलम्वन गरेको जनाईएको छ । १ सय ५१. ५२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको गाँउपालिकामा १८ हजार ७ सय ७८ जनसंख्या रहेको छ ।