☰ open Loading... 18 November 2024|  

जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचन २३ गते हुने
  | १३ श्रावण २०७४, शुक्रबार १६:३७

सुर्खेत । जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार यही साउन २३ गते पदाधिकारी छनाैट गर्न निर्वाचन गरिने गरिन लागिएकाे हाे ।

साउन १४ गते मतदाता नामावली सार्वजनिक, साउन १४ गते १० बजेदेखि २ बजेसम्म मतदाता नामावली सच्याउन वा छुट नाम समावेश गर्न दर्खास्त दिन सकिने भएको छ । साउन १६ गतेविहान १० बजेदेखि २ बजेसम्म संशोधित मतदाता नामावली प्रकाशन गर्ने, साउन १७ गते १० बजेदेखि २ बजेसम्म मतदाताको विरोधमा उजुरी दिने, मुख्य निर्वाचनको कार्यलयले जनाएको छ ।

साउन १८ गते विहान १० बजेदेखि १२ बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गर्ने साउन १९ गते १० देखि ४ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र साउन २० गते १० देखि ११ बजेसम्म उम्मेदवारहरुको सूची प्रकाशन गरिने कार्यलयले जनाएको छ ।

यसैगरी साउन २० गते ११ देखि १२ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने १२ बजेदेखि १ बजेसम्म मनोनयनपत्रको जाँच र उजुरी उपर निर्णय गर्ने, र १ बजेदेखि २ बजेसम्म उम्मेदवारहरुको नामावली प्रकाशित गर्नेछ ।

साउन २३ गते विहान १० बजेदेखि २ बजेसम्म मतदान हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ जिल्ला समन्वय समिति ९ सदस्यीय बनाइएको छ ।