☰ open Loading... 29 March 2024|  

सुवास सिंह खाेलामा बगेर बालक वेपत्ता
  | १३ श्रावण २०७४, शुक्रबार १७:०९

जाजरकोट । शुक्रवार विहान जाजरकोटको वारेकोट गाउँपालिका वडा ८ का ४ वर्षीय वालक सुवास सिंह खोलामा वेपता भएका छन् । साथीहरु संग सेपुखोलामा खेल्न गएका सिंह ढुङगामा चिप्लिएर खोलामा पर्दा वेपता भएको प्रहरी चौकी सेपुखोलाले जानकारी दिएको छ ।

प्रहरी र स्थानीयले अहिले सम्म खोजी कार्य जारी राखेपनि सिंहलाई भेटाउन नसकिएका स्थानीय डिलवहादुर रावलले जानकारी दिनुभयो । वालक सिंह नलगाड वोडिङ्गमा नसरीमा अध्यायनरत थिए ।