☰ open Loading... 8 January 2025|  

जनप्रतिनिधिको काम : तत्कालै सेवादेखी चक्रपथसम्मको योजना
  | १४ श्रावण २०७४, शनिबार १६:५१

दैलेख । नारायणनगर पालिका दैलेखकी उपमयेर सावित्री मल्ललाई विहान उठेदेखी साँझसम्म विकास गतिविधि अनुगमन, विभिन्न कार्यक्रममा सहभागीदेखी कार्यालयको काममै भ्याईनभ्याई छ । उनी नियमितजसो सेवाग्राहीकै काममै कार्यालयमै हुन्छिन् । एकातिर आफुले पाएको जिम्मेवारी निर्वाहका लागि उनी तल्लिन छिन् अर्कोतिर जनतालाई आफुले निर्वाचनमा दिएको विकास बाचा पुरा गर्न कार्ययोजना बनाईरहेकी छिन् ।

उनले आफ्नो घोषणापत्रमा उल्लेख गरिएझै ११ वडा छुने चक्रपथ निर्माणमा सवैसंग छलफल तथा योजना बनाईरहेकी छिन् । सवै वडाहरुमा सडक, पत्ती र पानी सहज पुराउनका लागि पहिलो प्राथमिकता दिएर नगर पारिषद्मा लैजाने गृहकार्य गरेकी छिन् । विकासले पछि परेको वडालाई प्राथमिकता दिएर अवको योजनाहरु बनाएर लैजाने योजना छ उनको ।

‘जहाँ वत्ति, पानी र सडक छैन् त्यहाँबाट हाम्रो काम थालनी हुन्छ ।’ उपमेयर मल्ल भन्छिन् : ‘जितेपछि यो गर्छु भनेर जनतामाँझ लगेको घोषणा पत्रलाई अंगाल्दै विकास गतिविधिहरु सवैसंग हातेमालो गर्नेछु ।’

उनले अहिले टाढा रहेको वडाहरुमा वडा कार्यालय स्थापना गरेर सेवा सुचारु गर्न वडामा पुग्ने गरेकी छिन् । कार्यालयमा नियमित सेवाग्राहीले कस्तो सेवा पाईरहेका छ र कर्मचारीबाट दिईने सेवा चुस्तदुरुस्त राख्न निगरानी समेत बढाएकी छिन् । वडा वडामा पुगेर जनताका समस्या बुझ्ने समाधानका उपायहरु नियाल्ने समेत गरेकी छिन् ।

आफुबाट नसक्ने समस्याहरु नगरपारिषद्मा लैजाने योजना बनाएकी छन् उपमेयर मल्लले । उनी भन्छिन् ः ‘टाढा रहेका वडाहरुबाट सेवा सुचारु गरियो । अव सवै सेवाग्राहीले गाँउबाटै सेवा सुविधा पाउँछन् ।’ समयमा भत्ता नपाएको गुनासो आएपछि नगरपालिका सहित नगरमा आएका पुरानो गाविसको भत्ता जिल्ला समन्वय समितिसंग समवन्य गरेर गाँउमै पाउने ब्यवस्था मिलाएको मल्लले बताईन् ।

उनले आफु आउनुभन्दा १८ महिना अघिको मुद्दा तत्कालै समाधान गर्न छलफल समेत बोलाईन् । सवै छलफलमा सहभागी भएपछि मुद्दा किनारा लाग्ने मल्लको भनाई छ । विकास गतिविधिदेखी सेवाग्राहीका कुनै पनि काम एक मिनेटभन्दा बढी नरोकिने गरि तुरुन्त सेवा दिईरहेको उनको भनाई छ ।

असार मसान्तभित्र सकिने योजना तत्काल सक्न दवाव जनप्रतिनिधिका रुपमा आफु आएपछि दिएको उनले बताईन् । आफु निर्वाचित भैसकेपछि सर्वपक्षिय रुपमा साँझा काम गर्ने बताईन् ।