दैलेख बजारकै सवैभन्दा पुरानो मोहन सुनचादी पसलले नयाँ आधुनिक ज्वैलर्स पसल सञ्चालनमा ल्याएको छ । ग्राहकवर्गको चाहना अनुसार सेवा दिनका लागि आधुनिक डिजाईन ज्वैलर्स पसल एक समाहरोकका विच सञ्चालनमा ल्याएको हो ।
हाम्रो आस्था बज्रभैरव मै, अनि गहना बज्रभैरव ज्वैलर्स कै र शुद्दता, गुणस्तर र ग्यारेन्टी हाम्रो ब्यबसायिक प्रतिबद्दता भन्ने मन्त्रका साथ उक्त पसल सञ्चालनमा ल्याईएको कार्यक्रममा बताईयो । मोहन सुनचादी पसलबाट आधुनिक रुपले संचालन गर्न बज्रभैरव ज्वैलर्स नामबाट नयाँ शोरुममा ग्राहकमाँझ ब्यवसाय सुरु भएको हो ।
जनै पुर्णिमा तथा नाग पंचमीका अवसरमा उक्त ज्वैलर्स उद्घाटन गरिएको संञ्चालक निरक सुनारले बताए । पुरानो पसल भएकाले जमानासंगै नयाँ प्रविधि र डिजाईनका साथ पसल संञ्चालनमा ल्याईएको दैलेखकै पुराना सुनचादी ब्यवसायी मोहन सुनारले बताए ।
आफ्नो पसलको उद्घाटनमा सवैको उपस्थिति भईदिएकोमा निमन्त्रणा स्वीकार गरी उपस्थित भई शुभेच्छा प्रदान गर्नु हुने नातेदार, छिमेकि, ब्यबसायी, जनप्रतिनिधि, ग्राहकवर्ग सवैलाई ब्यवसाय संञ्चालकले धन्यवाद दिएका छन् ।