☰ open Loading... 8 January 2025|  

क्षेत्रीय सुपरिवेक्षण कार्यालय सुर्खेतको मनपरी
  | १५ श्रावण २०७४, आईतवार ०९:३२

सम्पन्न आयोजना सुचारु गरेन

सुर्खेत : क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतको अटेरीका कारण मेहलकुनामा निर्माण सम्पन्न खानेपानी आयोजना अझै सञ्चालनमा आएको छैन् ।

पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकास्थित मेहलनकुनामा निर्माण सम्पन्न भएको खैरेनी खानेपानी आयोजना कार्यालयका अटेरीका कारण हालसम्म सञ्चालनमा आउन नसकेको हो । गुर्भाकोट नगरपालिका वडा नम्बर ७ र ८ का नागरिकलाई सहज रुपमा खानेपानी पु¥याउने उदेश्यले यो आयोजना २०७१ सालदेखि निर्माण थालिएको थियो ।

८ लाखको आयोजना एक वर्ष अगावै सम्पन्न भएपनि अनुगमन तथा सुपरिक्षेण कार्यालयको अटेरीका कारण सञ्चालनमा आउन नसकेको स्थानीय नागरिक बताउँछन् । आयोजनाको शुरुवातीमै कुवाबाट पानी तान्न परिक्षण गरिएको थियो । तर पानी पम्पीङ्गको क्रममा मोटर जलेपछि कार्यालयले हालसम्म नयाँ मोटर जडान गरेको छैन् ।

भेरी किनारामा निर्माण गरिएको कुवाबाट पानी तान्ने बेला मोटर जलपछि ट्यांकीमा पानी चढाउने काम बन्द भएको खैरनी खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिहर रेग्मी जानकारी दिए । ‘१६ किलोमिटर टाढाबाट ल्याएको खानेपानीभन्दा नजिकैबाट पानी पंम्कीङ्ग गरेर उपभोक्ताको घर घरमा पु¥याउने लक्ष्य लिएका हौं’ अध्यक्ष रेग्मीले भने,–‘सवै काम सम्पन्न भयो तर कुवाबाट पानी पम्प गर्दा मोटर नै जल्यो त्यस यता सञ्चलालनमा ल्याउन सकेका छैनौं ।’

यो आयोजना सम्पन्न पश्चात् मिटर मार्फत दुइ वडाका करिव एक हजार ६ सय घरधुरीमा सहज रुपमा खानेपानी पु¥याउने भनिएपनि काम भने अपूरै छ । एक लाख लिटर पानी अट्न सक्ने ट्यांकी समेत निर्माण गरिएको छ । मोटर जल्दा सवै काम ठप्प रहेको अध्यक्ष रेग्मी बताउँछन् । मालारानीबाट ल्याइएको खानेपानी हाल मेहलकुनमा वितरण भइरहेको छ ।

खडेरीमा घट्छ पानीको सतह

हिउँद–वर्षातमा तीन मिटर गहिराई पानी पम्प गर्न मिल्ने गरी बनाएको यो आयोजना कुवाको पानी खडेरीमा कम हुने गरेको स्थानीय नागरिकको भनाई छ । उपभोक्ता समितिका अध्यक्षले समेत खडेरीमा पानीको सतह कम हुने जानकारी दिए ।

‘मोटरले तीन मिटरको पानी पम्प गर्छ, त्यो भन्दा गहिराई गएमा तान्न मिल्दैन्’ उनले भने,–‘कार्यालयले पुनः खडेरीमा कुवाको गहिराई खनेर पानी निकाल्ने जानकारी दिएपछि हामी चुप लागेका छौं ।’ स्रोतका अनुसार सुपरिवेक्षण कार्यालयले जिल्लाभर यस्ता आयोजना अधुरो छाड्दै भुक्तानी दिएको छ ।

कुवादेखि पम्पीङ्ग दुरी तीन मिटर हुनु पर्नेमा पानी कम हुँदा पम्प गर्दा मोटर जलेको तर्क क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय सुर्खेतका डिभिजनल इन्जिनियर आविद हुसैनको छ ।

आयोजनामा अरु केही समस्या नभएको बताउँदै मोटर जलेकाले नयाँ राख्ने काम अन्तिम चरणमा रहेको जानकारी दिए । ‘भोल्टेज कम हुँदा मोटर चलाउँदा जल्यो’ हुसैनले भने,–‘हामीले नयाँ मोटर जडान गर्दैछौं केही दिनमा पानी पम्प गर्ने कार्य शुरु हुन्छ ।’

तर उनले खडेरीमा कुवाको सतहमा पानी कम नहुने दावी गरे । जुनसकै समयमा पानी सहजै पम्प गर्न मिल्ले हुसेको भनाई प्रति स्थानीयले आपत्ती जनाए ।