☰ open Loading... 18 November 2024|  

‘गाउँ–गाउँमा इन्टरनेट’
  | १७ श्रावण २०७४, मंगलवार ०७:३४

सरकारी वा गैरसरकारी कार्यालयको सेवा प्रभावकारी बनाउन इन्टरनेट सेवा अत्यावश्यक हुन्छ । स्थानीय तह पुनर्संरचनामा देश रुपान्तरण भएपछि डिजिटल युगमा इन्टरनेट सेवाको पनि उत्तिकै जरुरी छ । अहिलेको युगमा कार्यालयले नागरिकलाई प्रभावकारी सेवा प्रवाहमा सञ्चार महत्वपूर्ण कडी पनि हो ।

तर भौगोलिक विटकता रहेको सुर्खेतका ग्रामिण क्षेत्रमा नेपाल टेलिकम दूरसञ्चार कार्यालय सुर्खेतले इन्टरनेट सेवा जडान गर्नमा आफू सक्षम रहेको बताएको छ । यहाँका ९ वटै नगरपालिका तथा गाउँपालिका र ९९ वडा कार्यालयमा सञ्चार सेवा प्रावहमा आवश्यक पर्ने इन्टरनेट सेवा विस्तार गर्न आफू सक्षम रहेको दूरसञ्चार कार्यालय सुर्खेतले जानकारी दिएको हो ।

विकासको पहिलो कडी सडक, विद्युत र सञ्चार हुन् । जिल्लाका अधिकांश स्थानीय तहका प्रमुखले आफ्नो क्षेत्रमा फ्रि–वाइफाइ सेवा प्रवाह गर्ने नीति तथा कार्यक्रममै समेत समेटेका छन् । नेपाल टेलिकम दुरसञ्चार कार्यालय सुर्खेतका प्रमुख नवराज खतिवडाले यहाँका सवै तहमा इन्टरनेट सेवा विस्तार गर्नमा आफू सक्षम रहेको जानकारी दिएका छन् । जिल्लाका सवै क्षेत्रमा सञ्चार सेवा पुगेको बताएका खतिवडाले यसलाई प्रभावकारी बनाउन कुनै कसर बाँकी नराखेको उल्लेख गरे ।

कतिपय स्थानीय तहका केन्द्रमा तत्कालै ल्याण्डलाइन सेवा प्रवाह गर्न नसकेपनि टेलिकमका अन्य सेवाहरु सिडिएम र जिएसएम विस्तार गर्न सकिने खतिवडा बताउँछन् । ‘सिहदरवारका अधिकार गाउँ–गाउँमा आएपछि हामीले यहाँको सञ्चार क्षेत्रलाई पनि प्रभावकारी बनाउन हरबखत लागि परेका छौं’ खतिवडाले भने,–‘फोन टावर मर्मत र नयाँ सिस्टम अपडेट गर्ने काम हाल जारी रहेकोले गाउँ–गाउँमा इन्टरनेट सेवा दिन हामी सक्षम भएका हौं ।’

टेलिकमले भिस्याट, वाइम्याक्स र सिडिएमए सेवा मार्फत सुर्खेतका सवै नगर÷गाउँपालिका र वडा कार्यालयमा इन्टरनेट सेवा सहज रुपमा पु¥याउन सकिने जनाएको छ । जिल्लाका कतिपय स्थानमा भिस्याट प्रणालीबाट इन्टरनेट सेवा टेलिकमले दिइरहेको छ । सुर्खेतका चिंगाड, बराहताल, चौकुने, सिम्ता गाउँपालिका र पञ्चपुरी नगरपालिकाका केही स्थानमा फोन सेवमा प्रभावित हुन्छ । सोलारबाट टावरमा पावर दिएकाले कहिलेकाँही घाम नलाग्दा फोन गर्नमा समस्या हुन्छ ।

जिल्लाका केही स्थान बाहेक धेरैजसो क्षेत्रमा विद्युतिकरण भएको छैन् । ‘सञ्चार सेवा विस्तारमा अनिवार्य रुपमा विद्युत आवश्यक पर्छ तर यहाँका अधिकाँश क्षेत्रमा विद्युत विस्तार भएको छैन्’ खतिवडा भन्छन्,–‘विद्युत विस्तार नभएपनि सोलार सिस्टमबाट नागरिकलाई सञ्चार सेवा प्रवाह गरिरहेका छौं ।’ चट्याङ्ग जस्ता दैवी प्रकोप घटनाले कहिलेकाँही फोन सेवा अवरुद्ध हुने गरेपनि तत्काल नागरिकलाई सेवा दिनमा आफू तयारी रहेको खतिवडाले उल्लेख गरे । तर खतिवडाले भरपर्दो सडक सञ्जाल र विद्युत विस्तार भएमा जिल्लाभरका नागरिकलाई इन्टरनेट सेवाका पहूच पु¥याउन कुनै समस्या नहुने बताए ।

टेलिकम सुर्खेतले निकट भविष्यमा जिल्लाको कुनै पनि भु–भागमा सञ्चार सेवा सम्वन्धि कस्तो समस्या छ भन्ने विषयमा सर्भे गर्ने तयारी गरेको छ । सञ्चार नपुगेका क्षेत्रमा नागरिकलाई तत्काल सेवा प्रवाहमा यो सर्भेले सहयोग पु¥याउनेमा प्रमुख खतिवाड आशावादी छन् । तर यो सर्भेले ल्याण्ड लाइन सेवा विस्तारमा समेत सहयोग पु¥याउने टेलिकमको अपेक्षा छ ।