सागर परियार
जुम्ला । जुम्ला चन्दननाथ नगरपालिकाका जनप्रतिनिधिहरु टेबुल बाटै वडा कार्यालयको कामकाज संचालन गरिरहेका छन । पहिलोे चरणको निर्वाचन भएको तीन महिना बितिसक्दा पनि हालसम्म कार्यालय व्यवस्थापन नहुँदा जनप्रतिनिधिहरु टेबुलबाटै भएपनि सेवा दिन बाध्य भएका हुन ।
गएको साउन २ गते भित्र प्रत्यक वडा कार्यालय स्थापना गरि सक्ने भनिएता पनि अझैसम्म जनप्रतिनिधि बस्ने ठाँउ ठेगाना नहुँदा समस्या भईरहेको चन्दननाथ नगरपालिका ९ का वडा अध्यक्ष मिन बहादुर डाँगीले बताए ।
उनले भने सिंह दरबारको अधिकार घरघरमा शब्दमा भनेझै नागरिकहरुलाई महशुस गराउन नसक्नु कारण कार्यालय व्यवस्थापन नभएको बताए । नगरपालिका भित्र रहेका जम्मा १० वटा वडाहरु मध्य अहिले सम्म ४ र ५ नम्बर वडाको मात्रै कार्यालय व्यवस्थापन भएको छ । अरु बाँकी ८ वटा वडा कार्यालयको दैनिक कामकाज नगरपालिका भवन भित्र एउटा टेबुलबाटै भईरहेको छ ।
भवनको कुना कुनामा टेबुल राखी दैनिक कामकाज गर्दा सेवा लिन आउदा कर्मचारी र जनप्रतिनिधिलाई छुटयाउन ग्राहो हुने गरेको नगरपालिका ९ का स्थानिय भैरब नेपालीले बताए ।
उनले भने सानो तिनो काम पर्दा वडा अध्यक्ष लाई खोज्दै जानु पर्छ, भेटिएपनि बाटोमै राम्रो संग कागतजात मिले नमिलेको कुनै वास्था नगरी हस्ताक्षर गर्ने गरेको नेपालीको भनाई छ । वडा अध्यक्ष कहा होला तपाईले देख्नु भयो, भन्दै स्थानियहरु जनप्रतिनिधि खोज्न बेस्थ देखिन्छन, तर झम्का भेटमै काम हुन्छ स्थानिय दत्त साकीले बताए ।
भने वडा कार्यालय नागरिकले सास्ती भोगीरहेका छन । नगरपालिकाको लापरबाहिका कारण कार्यालय व्यवस्थापनमा ढिलाई भएको स्थानियको आरोप छ । यता मेयर कान्तिका सेजुवालले भने घरभाडा लिने बारेमा बिबाद हुदा वडा कार्यालय व्यवस्थापनमा ढिलाई भएको बताईन ।
सम्पुर्ण सामाग्री खरिद गरिसकेको तर घरभाडाको सम्झौता प्रक्रिया सकिए लगत्तै वडा कार्यालय संचालनमा आउने मेयर सेजुवालले बताईन । हाल ८ वटा वडाहरु कार्यालय बिहिन अबस्थामा एउटा टेबुलको भरमा संचालन भईरहेका छन । हर्कोतिर वडा कार्यालय संचालनका लागि घरभाडा कुन पाटीको लिने भन्ने विषयमा बिबाद चर्किरहेको छ ।