बुद्धिमान पुन,
साउन । हरेक ब्यक्ति, संस्था वा कार्यालयले आफ्नो घर, संस्था वा कार्यालयमा बिद्युक्त लाईन जोडि सकेपछि बिद्युक्त महसुल तिर्नु पर्ने हुन्छ । तर सल्यानमा बिद्युक्त महसुल नतिर्नेहरुको संख्या बढ्दै गएको छ । बिगत केही बर्ष यता बिद्युक्त महसुल नतिर्नेको संख्या बढ्दै गएको नेपाल बिद्युक्त प्राधिकरण सल्यान बितरण केन्द्रले जनाएको छ ।
यस आर्थिक बर्ष ०७३/०७४ मा ३१ जना ग्राहकले बिद्युक्त महसुल नबुझाएको नेपाल बिद्युक्त प्राधिकरण सल्यानका आय तथा काउन्टर प्रमुख गणेश बुढाथोकीले बताउनु भयो । उहाँले ती बिद्युक्त महसुल नबुझाउने ग्राहकको नाम कालो सुचिमा राखेको बताए ।
अघिल्लो आर्थिक बर्ष “२०७२÷०७३ मा ३० जना ग्राहकले बिद्युक्त महसुल बुझाएनन्, उनीहरुको नाम कालो सु्चिमा राखिएको छ,” उनले भने । उनले अघिल्लो आर्थिक बर्षको तुलनामा यस आर्थिक बर्षमा कालो सुचिमा पर्ने ग्राहकको संख्या बढेको बताए ।
“लामो समय सम्म पनि बिद्युक्त महसुल बुझाउन ताकेता गर्दा पनि बिद्युक्त महसुल नबुझाउने ग्राहकको नाम कालो सुचिमा राख्ने गरेका छौँ ”उनले भने, –“के कारण हो खै उहाँहरु बिद्युक्त महसुल बुझाउन आउनु हुदैनँ ।” उनले कालो सुचिमा परेकाहरु बाट १ लाख ७३ हजार ३ सय ६५ रुपैँया ९९ पैसा रकम उठ्न बाँकी रहेको बताए ।
जिल्लामा बिद्युक्त महसुल नबुझाएर कालो सुचिमा पर्नेमा जिबिस गेष्ट हाउस देखी एफ.एम. रेडियो सम्म रहेका छन् । यसरी बिद्युक्त महसुल नबुझाउनेमा पुरानो जिबिस गेष्ट हाउस, रेडियो सप्तरंगी एफ.एम., रहेका छन् । यस्तै दुई वटा साना उद्योग मिल, दुई वटा मन्दिर र २५ वटा घरपरिवार सहित ३१ ग्राहक कालो सुचिमा परेका छन् ।
यस्तै यस आर्थिक बर्ष जिल्लामा २ सय ८० भन्दा बढीको बिद्युक्त लाईन काटिएको छ । समयमा नै महसुल नबुझाउने ग्राहकको लाईन काटिएको हो । ती मध्ये २ सय १५ जना बढीले जरिवाना स्वरुप रुपैयाँ बुझाए पछि फेरी जोडिएको छ ।
यस बर्ष जिल्लामा बिद्युक्त महसुल बाफतको २२ लाख, ९९ हजार, ४ सय ४० रुपैँया ८५ पैसा बराबरको रकम उठ्न बाँकी रहेको छ । यस्तै यस बर्ष बिद्युक्त महसुल बाफतको जम्मा २ करोड, ७५ लाख, २५ हजार, २ सय ५५ रुपैँया रकम उठेको छ । यस बर्ष जिल्लामा २९ लाख, ४ हजार ४ सय ७४ दशमलब ५२ यूनिट बिद्युक्त खपत भएको थियो ।