रमेश रावत
अछाम । पञ्चदेवल विनायक नगरपालीका ९ मा भाईरल ज्वरोका समस्या देखिएको छ । वडामा ज्वरोका विरामीको संख्या बढ्दै गएको स्थानियले जानकारी दिएका छन । ४ दिनदेखि फैलिएको ज्वरोले दर्जनौ घरपरिवार प्रभावित बनेको स्थानिय समाजसेवि विजय साउदले जानकारी दिए ।
स्वास्थ्य चौकि कालेकाडाका ईन्चार्ज बाहिर भएको समयमा स्वास्थ्य कर्मिको अभाव भएको स्थानियले गुनासो गरेका छन । स्थानिय स्वास्थ्य चौकिमा उपचार गराउदापनी ज्वरो नियन्त्रणमा नआएपनि प्रभावित नागरीकहरु दैलेखको राकमकर्णालिमा उपचारका लागी जाने गरेको भरत साउदकाे भनाइ छ ।
साे वडामा करिब २०० भन्दा बढि प्रभावित बनेको स्थानिय मदन भाट बताउँछन् । भाईरल फैलिएको कुरा आफुले मिडियाबाट मात्र सुनेको बताउदै नगर उप प्रमुख चलाउनेले स्वास्थ्य चौकि कालेकाडाका लागी थप स्वास्थ्यकर्मि पठाउने विषमा छलफल भईरहेको बताए । विरामीहरुमा टाउको दुख्ने , पखाला चल्ने , पेट दुख्ने , रिंगाटा लाग्ने लगायतका लक्षण देखिएका छन ।