☰ open Loading... 18 November 2024|  

जिल्ला समन्वय समिति दैलेखमा एमालेले जित्ने निश्चित
  | २२ श्रावण २०७४, आईतवार ०८:०२

दैलेख । जिल्ला समंन्वय समितिको निर्वाचनका लागि दैलेखमा एमाले र काँग्रेसले आफ्ना उम्मेदवारीहरुको नाम दर्ता गराएपनि एमालेले जित्ने निश्चित भएकाे छ । निर्वाचन अधिकृतको कार्यालयमा ती दलहरुले उम्मेदवारीसहित नाम दर्ता समेत गरिसकेकाा छन् । तर एमालेको स्पष्ट बहुमत भएकाले चुनाव जित्ने पक्का छ । यद्यपी, काँग्रेसले चुनावमा आफ्नो उपस्थिति भने देखाएको छ ।

नेकपा एमालेबाट प्रमुखमा प्रेम थापा, उपप्रमुख लक्ष्मीदेवी शाह रहेका छन् । सदस्यहरुमा बालकृष्ण केसी, नन्दबहादुर खड्का, सर्वराज महतरा, चन्द्रा नेपाली, गिता चन्द, चन्द्रकला रावल र ललितजंग माँझी छन् ।

त्यस्तै काँग्रेसबाट प्रमुखमा नगेन्द्रबहादुर खत्री, उपप्रमुखमा निर्मला खड्का रहेका छन् । सदस्यहरुमा भुपाल थापा, सावित्री रेग्मी, बखतकुमार सापकोटा, बलबहादुर शाही, सिता विक, रत्नबहादुर कार्की र कृष्णबहादुर महतारा रहेका छन् ।

११ स्थानीय तह रहेको दैलेखमा ७ एमाले र ४ काँग्रेसले जितेका छन् । २२ मतमध्ये १४ एमाले र ८ काँग्रेसको रहेको छ । चुनावमा स्पष्ट बहुमत एमालेको देखीएकाले जिल्ला समन्वय समिति प्रमुखउपप्रमुख सहित सवै सदस्य जित्ने निश्चित छ ।