☰ open Loading... 18 November 2024|  

जिल्ला समन्वय समिति सुर्खेतमा बहूमत कांग्रेसकाे पाेल्टामा
  | २२ श्रावण २०७४, आईतवार ०८:०६

सुर्खेत । यही साउन २३ गते हुने जिल्ला समन्वय समिति सुर्खेतको निर्वाचनमा नेपाली कांग्रेस र एमाले चुनावी मैदानमा उत्रिएका छन् । बिहिबार मुख्य निर्वाचन कार्यालयमा ९ पदका लागि १८ जनाले उम्मेदवारी दिएर चुनावी मैदान उत्रिएका हुन ।

माओवादी केन्द्र साख जोगाउन नसक्दा जिल्ला समन्वय समितिमा उम्मेदवारी दिएको छैन । जिल्लाका ९ ओटा स्थानीय तह मध्य ६ तहमा नेपाली कांग्रेसले जितेको छ, भने एमालेले ३ तहमा विजयी भएको थियो । जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली कांग्रेसको बहुमत छ । जीत कांग्रेसकै हुने निश्चित छ ।

कांग्रेसको ११ र एमालेको ७ मत छन् । तेस्रो दल माओवादी केन्द्र सुर्खेतका नौँ ओटा स्थानीय तहमा प्रमुख–उप–प्रमुख बिजयी हासिल गर्न नसक्दा निर्वाचनमा भाग लिएका छैन् । केही वडा बाहेक यहाँका नगर र गाउँपालिकाको प्रमुख–उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षमा जित्न सकेन् ।

२३ गते हुुने जिससको निर्वाचनको प्रमुख पदका लागि कांग्रेसबाट छविलाल सिग्देलले मनोनयन दर्ता गरेका छन् । देवी भट्टराईलाई उप–प्रमुखको मनोनयन दर्ता गरेकी छिन् । यस्तै दलित सदस्यका लागि पुसे कामीले मनोनयन दर्ता गरिसकेका छन् ।

यस्तै महिला सदस्यका लागि बालकुमारी पुन, रमा विसी, पुर्णा चालिसेको मनोनयन दर्ता भएको छ । अन्य सदस्यका लागि विरसिंह घर्ति, बासुदेव शर्मा, तिर्थ रावतको मनोनयन दर्ता गरिएको छ ।

नेकपा एमाले पनि जिल्ला समन्वय समितिको लागि मनोनयन दर्ता गरेको छ । एमालेका तर्फबाट प्रमुख पदका लागि टोपबहादुर रास्कोटीले मनोनय दर्ता गरेको हुन । उप–प्रमुख पदमा भने दिपा चन्द मल्लले उम्मेदवारी दिईएको छिन् ।

महिला सदस्यको पदमा उमा गौतम, चन्द्राकुमारी धामी र सुनिताकुमारी चौधरीले मनोनयन दर्ता गरेका छन् । तर दलित सदस्यको पदमा डम्बर नेपालीले मनोनयन दर्ता गरेको मुख्य निर्वाचन कार्यालयले जनायो । खुल्ला सदस्य पदमा मोहन चन्द, गम्भिर समाई र काशीराम देवकोटाले मनोनयन दर्ता गरेका छन् ।