☰ open Loading... 18 April 2024|  

जिल्ला समन्वय समिति दैलेखमा एमालेको प्यानल विजयी
  | २३ श्रावण २०७४, सोमबार १६:४३

दैलेख । जिल्ला समन्वय समिति दैलेखमा एमालेको प्यानल विजयी भएको छ । सोमबार भएको समितिको निर्वाचनमा प्रेम बहादुर थापा प्रमुख र लक्ष्मीदेवी शाह उपप्रमुखमा विजयी भएका हुन् ।

विजयी दुवैले १४/ १४ मत प्राप्त गरे । यसैगरी समन्वय समितिको सदस्यमा नन्दबहादुर खड्का, बालकृष्ण केसी, चन्द्रा नेपाली, सर्वराज महतरा, गिता चन्द, चन्द्रकला रावल र ललितजंग माँझी विजयी भएका छन् ।

काँग्रेसबाट प्रमुखमा नगेन्द्रबहादुर खत्री, उपप्रमुखमा निर्मला खड्का, सदस्यहरुमा भुपाल थापा, सावित्री रेग्मी, बखतकुमार सापकोटा, बलबहादुर शाही, सिता विक, रत्नबहादुर कार्की र कृष्णबहादुर महताराले उम्मेदवारी दिएका थिए ।

११ स्थानीय तह रहेको दैलेखमा ७ स्थानमा एमाले र ४ स्थानमा काँग्रेस विजयी भएका छन् । २२ मतमध्ये १४ एमाले र ८ काँग्रेसको रहेको थियो ।