☰ open Loading... 18 November 2024|  

सुर्खेतमा पनि मनाइयाे गार्इजात्रा
  | २४ श्रावण २०७४, मंगलवार १७:२२

सुर्खेत । दिवंगत व्यक्तिको सम्झनामा मंगलवार मुलुकभर गाईजात्रा पर्व मनाएकाे छ । भाद्र कृष्णप्रतिपदादेखी अष्टमीसम्म याे पर्व मनाउने चलन रहेकाे छ ।

विशेष गरी नेवारी समुदायमा एकबर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई सिंगारी आ–आफ्नो टोलमा परिक्रमा गराउने र त्यसरी सिंगारिएर आएका व्यक्तिहरुलाई आफन्तहरुले विविध परिकार खुवाउने चलन छ । यसै अनुरूप सुर्खेतकाे लाटकोईलीमा पनि गाईजात्रा मनाईएकाे छ ।

बिशेष गरी जिल्लाको गोठीकांडा र बयलकांडा बसोवास गर्ने समुदायहरु उक्त स्थानबाट विसं. २०२२ साल भन्दा अघि वीरेन्द्रनगरमा बसाई सरेर आउनु अघि याे सुदायका व्यक्तिहरु मिलेर गार्इजात्रा देखाउने गरेका छन् ।

बिगतमा जिल्लाको गणेशचौक, भैरवस्थान, गुप्तिपुर र लाटीकोईलीमा मनाउदै आईरहेको जात्रा हाल लोभ हुँदै गएकाेमा वीरेन्द्रनगर-९ लाटीकोईलीका युवाहरुले याे सांस्कृती जोगाई राखेका छन् । साेही क्रममा लाटीकाेइलीका युवाहरूले मंगलवार गाईजात्रा भव्य रूपमा मनाएका छन् ।