| २४ श्रावण २०७४, मंगलवार १७:३९
सुर्खेत । तमुहियूल छोंजधी (गुरुङ्ग राष्ट्रिय परिषद्) जिल्लाकार्य समिति सुर्खेतको अध्यक्षमा गगन सिं गुरुङ निर्विरोध निर्वाचित भएका छन् । जिल्ला कार्य समिति सुर्खेतको मंगलवार सम्पन्न चौथो जिल्ला अधिबेसनले गगन सिंको अध्यक्षतासहित १३ सदस्यी नयाँ कार्यसमित चयन गरेको हो ।
नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा डाक्टर सिं गुरुङ, उपाध्यक्षमा लोकमायाँ गुरुङ, सचिब कमला गुरुङ र कोषाध्यक्ष पदम वहादुर घले चयन भएका छन् । सदस्यमा भने जना रहेको परिषद्का निवर्तमान अध्यक्ष राज बहादुर गुरुङले जानकारी दिए ।