रेडियोमा काम गर्ने भए पनि त्यसदिन मध्यान्न १२ बजेको समाचार बुलेटिन पढ्ने जिम्मा मेरो थिएन । तर त्यस दिन करिब साढे एघार बजेतिर स्टेशन म्यानेजरले फोन गरेर आज १२ बजेको बुलेटिन तपाइले पढ्नुपर्ने भो गोविन्द जी भन्नुभयो ।
प्रदेशको सिमांकनको विषयलाई लिएर मध्यपश्चिममा विशेषगरी सुर्खेतमा अखण्ड मध्यपश्चिमको माग राखेर आन्दोलन चर्कीरहेको थियो । केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले सुर्खेतसहित मध्यपश्चिमलाई छुट्टै प्रदेश बनाउन पहल नगरेको र सात नं प्रदेशमा राख्दा चुप बसेको भनेर जनता निकै आर्काेर्षित थिए ।
२०७२ साउन २५ गते अघिल्लो दिनदेखि भ्याली भ्यू कटेजमा आयोजित एक तालिममा म सहभागी थिएँ । त्यस दिन तालिमको अन्तिम दिन भएकाले १२ बजे तालिम समापन प्रमाण पत्र वितरणको कार्यक्रम थियो । स्टेशन म्यानेजरको निर्देशन बमोजिम म तालिम नसकिदै एफ एम स्टेशनमा पुगे । स्टेशन म्यानेजर एफ एममै आउनुभएको रहेछ ।
आन्दोलनको विषयमा पूर्व गृहमन्त्री एवं तत्कालिन सभासद समेत रहेका पूर्णबहादुर खड्कासंग अन्तरवार्ता लिन मलाई आदेश दिनुभयो । के के प्रश्न गर्ने भन्ने विषयमा स्टेशन म्यानेजर सर र मैले सामान्य छलफल गरेर्दै थियौँ । प्राविधिकले रेडियोमा टाइमचेक बजाए । बुलेटिनको लागि म स्टूडियोमा पसे र खड्कासंग टेलिफोनमा प्रत्यक्ष कुराकानी गरेँ । छोटा बुलेटिनको समय ५ मिनेटको भएपनि त्यस दिन बिशेष कुराकानी भएकाले करिब १४ मिनेटजतिमा सकिएको थियो ।
मैले पनि विहानै लगाएर आएको थिएँ । त्यहाँ उहाँहरुसंग गोली चलेको बारे बुँझे उहाँहरुले पनि गोली चेलेको आवाज आफूले सुनेको भन्दै तत्काल घटना स्थल तर्फ नजान सुझाव दिनुभयो । मैले तत्काल के गर्ने भन्ने भयो “म एक्लै जाउँकी नजाउँ ।”
स्टूडियोबाट म बाहिर निस्कदाँ निस्कँदै अफिसको नम्बरमा मलाई दिनु भनेर कसैको फोन आएको भन्दै प्राविधिकले मलाई फोनमा कुरा गर्न आग्रह गरे । “हेलो गोविन्द सर यहाँ त गोली चल्यो समाचार बजाउनुपर्यो” हतासिँदै सहकर्मी कृष्ण न्यौपानेले सुनाउनु भयो । “कहाँ चल्यो गोली ?” मैले उहाँलाई प्रतिप्रश्न गरेँ । “यहाँ के पूर्व गृहमन्त्रीको घर अगाडी सुन्नुभएन ?”
म स्टूडियोमा भएकाले गोली पड्किएको आवाज सुनेको थिइन् । छिटो छिटो सास फेर्दे कृष्णजीले भन्दै जानुभयो “एक जना मान्छे त ढलिसक्यो ।” म ट्वाँ परेर सुनिरहेँ । “गोविन्द सर नभए तपाइ यही आएर लाइभ दिनुपर्यो ।” म आउँछु सर भनेर फोन राखिदिएँ । त्यसपछि म हतार हतार घटनास्थल तर्फ जाँदै थिएँ ।
घण्टाघर पार्क अगाडी चोकमा जम्मा भएर बस्नु भएका पत्रकारहरुसंग भेट भयो । उहाँहरु तालिम सकेर निस्कनुभएको थियो । विहानैबाट बन्दमा कडाइ गरिएकोले प्रेस अंकित ज्याकेट प्राय सबैले लगाउनु भएको थियो । मैले पनि विहानै लगाएर आएको थिएँ । त्यहाँ उहाँहरुसंग गोली चलेको बारे बुँझे उहाँहरुले पनि गोली चेलेको आवाज आफूले सुनेको भन्दै तत्काल घटना स्थल तर्फ नजान सुझाव दिनुभयो । मैले तत्काल के गर्ने भन्ने भयो “म एक्लै जाउँकी नजाउँ ।”
त्यतिकैमा एक जना घाइतेलाई साइकलमा राखेर तीन चार जना महिला पूरुषले हतारीदै ल्याइरहेको दृष्य देखा पर्यो । दाहिने खुट्को घुँडाभन्दा माथि तिघ्रामा सर्टले बेरिएको थियो त्यहाँबाट रगत बगिरहेको थियो । ती व्यक्तिलाई मैले कता देखेको जस्तै लाग्यो । र अरु साथीहरुसंग केही नबोली पछि पछि लागेँ । उनलाई बुधपथको देउती अस्पतालमा लगियो । दक्षिण ढोकाबाट म भित्र पसेँ उनलाई भित्र ओपिडीमा लगिँदै थियो ।
म पनि बाहिर निस्किए एम्बुलेन्स दक्षिण पट्टीको ढोका नजिक रोकियो । धेरै जनालाई कोचाकोच गरेर ल्याइएको थियो त्यसभित्र गोली लागेका घाइतेहरु ल्याइएको सहजै देखिन्थ्यो । एक जनाको छातीमै गोली लागेको थियो तर उभिएर आए । दुई जनालाई समातेर ल्याइयो । स्थिति भयावह थियो । मान्छेहरु वरीपरी झुमीरहेका थिए ।
घोप्टो पारेर सुई लगाईदै गरेकाले मैले उनको अनुहार देख्न सकिन । उनी ए्या ए्या गर्दै थिएँ । मैले कम्मरमा भिरेको क्यामेर निकाले फोटो खिच्दै थिएँ घाइते केही बोले “साला पत्रकारलाई पनि गोली ठोक्यो अयाँ अयाँ”अनी म झसंग भएँ । पत्रकार को हुन ठम्याउन सकेन । घाउ सफागरेपछि उनको उपचारमा खटिएका तीन जना स्वास्थ्यकर्मीले घाइतेलाई अगाडी फर्काए । उनको अनुहार तिर हेरेँ त्यसपछि पुन झसंग भए । उनी तीनै पत्रकार थिए जोसंग केही समयअघि तालिममा संगै बसेका थियौँ ।
बुल बुले एफ एममा कार्यरत आइसिंह रोका मगर । म आत्तिए के गरौँ के गरौँ लाग्यो । तत्कालै स्टेशन म्यानेजर सूर्य प्रकाश कंडेललाई टेलिफोन गरेँ र आइसिंहलाई गोली लागेको जानकारी गराएँ । उहाँ हतार हतारमा करिब पाँच मिनेट भित्रमा अस्पताल आइपुग्नुभयो । स्थिति हेर्नुभयो बस केही बोल्नुभएन । त्यसपछि बाहिर एम्बुलेन्स आएको साइरन बज्यो ।
त्यतिकैमा घण्टाघरको अगाडीबाट एम्बुलेन्स साइरन बजाउँदै दु्रत गतिमा आयो । म पनि बाहिर निस्किए एम्बुलेन्स दक्षिण पट्टीको ढोका नजिक रोकियो । धेरै जनालाई कोचाकोच गरेर ल्याइएको थियो त्यसभित्र गोली लागेका घाइतेहरु ल्याइएको सहजै देखिन्थ्यो । एक जनाको छातीमै गोली लागेको थियो तर उभिएर आए । दुई जनालाई समातेर ल्याइयो । स्थिति भयावह थियो । मान्छेहरु वरीपरी झुमीरहेका थिए ।
यसअघि गोली लागेका मान्छे प्रत्यक्ष नदेखेको मलाई यो घटना देखेर शरिमा काँडा उम्रियो । टाउँको ग्रहुँगो भयो हात काँभ्न थाले । मैले त्यतिबेला काम गर्ने लोकमञ्च दैनिकको अफिस नजिकै छ । करिब सय मिटर । अफिस छिँरे केही लेख्नै सकिनँ । एक बोतल पानी खाँए । फेरि बाहिर निस्किएँ ।
त्यसबेलाको पत्रकारहरुको जम्मा हुने चिया खाने गफ गर्ने गजबको थलो विद्यापुर चिया पसल मेरो अफिसको ठ्याक्क अगाडी पट्टी थियो । पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काकै घर अगाडी ढलेको छ आन्दोलनकारी वीरेन्द्रनगर ३ का टिकाराम गौतम भएको सुनाए । करिब दिउँसोको दुई बजेको हुँदो हो आन्दोलन रोकिएको थिएन । कालुङचोक मैदान नजिक प्रहरी र आन्दोलनकारीबीच दोहोरो भिडन्त चलिरहेको छ भन्ने खबर आइरहेको थियो । एक छिनमा बन्दुक पड्एिको आवाज आयो । कालुङ चोकमा एक जनालाइ गोली लागेर ढलेको तर प्रहरीको गोली चलिरहेकाले त्यहाँ कोही जान नसकेको खबर आयो ।
आफ्ना सहकर्मीलाई गोली लागेको अरु तीन जनाको मृत्यु भएको समाचार तयार पार्न मलाई निकै अप्रिय लाग्यो । हात काप्योँ । धड्कन रोकियो तर पत्रकार हुनुका नाताले त्यो अप्रिय समाचार भएपनि लेख्नै पर्ने थियो र लेखेँ ।
केही समयपछि उनलाई देउती अस्पतालमा पुर्याइयो उनी मृत घोषणा हुन मात्रै बाँकी रहेछन । इत्रामका यामबहादुर विसी रहेछन । घाइतेलाई ल्याएर आएका उनका साथी पूर्वदेव अधिकारीले सुनाए । स्थिति झनै मुडभेडको बन्दै गएको थियो । प्रशासनले कफ्यू र निषेधित क्षेत्र घोषणा गर्यो । करिब पाँच बजेतिर आन्दोलनकारीलाई लखेट्दै मंगलगढी चौक पुर्यायो ।
त्यहाँबाट पनि जुम्लारोड तर्फ लखेट्यो । अरु आन्दोलनकारी कोही जुम्ला रोड तर्फ र कोही लाटिकोइली जाने बाटो तर्फ भागे । मंगलगढी चौकमा एक जना बृद्ध ढलिरहेको देखियो प्रहरीले घेरा हालेकाले त्यहाँ सर्वसाधरण कोही र्छिन पाएका थिएनन । केही समयपछि प्रहरी त्यहाँबाट हट्यो तर ढलिरहेका एक बृद्धलाई केही गरेन त्यही छोड्यो ।
प्रहरी हटेपछि आन्दोलनकारी त्यहाँ पुगे उनी रहेछन भैरव स्थानका गोपालसिंह रजुवार । सहयात्री आन्दोलनकारीहरु उनलाई उठाउन त्यहाँ पुग्दा रजुवार कहिले पनि नउठ्नेगरी ढलिसकेका रहेछन । साँझ पर्दै गयो आन्दोलनकारी कम भए तर भोली के हुने भन्ने ठूलो अन्यौलता भयो । वीरेन्द्रनगर बजारमा शून्यता छाएको थियो ।
म भने समाचार डेस्कमा बसेर दिनभरको गतिविधिलाई समेटेर समाचार तयार पार्न लागेँ । आफ्ना सहकर्मीलाई गोली लागेको अरु तीन जनाको मृत्यु भएको समाचार तयार पार्न मलाई निकै अप्रिय लाग्यो । हात काप्योँ । धड्कन रोकियो तर पत्रकार हुनुका नाताले त्यो अप्रिय समाचार भएपनि लेख्नै पर्ने थियो र लेखेँ ।