| ८ भाद्र २०७४, बिहीबार १३:५६
सुर्खेत । गृह मन्त्रालयले १३ सहसचिव र ३१ उपसचिवको सरुवा गरेको छ । जसमध्ये २० जिल्लामा प्रमुख जिल्ला अधिकारी फेरिएका छन् । गृह मन्त्रालयका अनुसार सुर्खेतको प्रमुख जिल्ला अधिकारीमा सिताराम कार्की र दैलेखमा विश्वराज न्यौपाने सरुवा गरिएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी महादेव पन्थको ललितपुर र दैलेखका सिडियो प्रकाशचन्द अधिकारी गृहमन्त्रालयमा सरुवा भएका छन् ।
यस्तै, कालिकोटको सिडियोमा बद्रीनाथ गैरे, वैतडीमा सिद्वराव जोशी, जुम्लामा विष्णु पौडेलको सरुवा गरिएको छ । नारायण प्रसाद सापकोटा उप–क्षेत्रीय प्रकाशक सुर्खेतमा सरुवा भएका छन् भने डोटीको सिडियोमा शंकर विष्ट, दिपायलमा तुल्सीराम पौडेल, अछाममा किशोर चौधरी, जाजरकोटमा पुष्पराज शाही र बर्दियामा नारायण प्रसाद भट्टराईलाई सरुवा गरिएको छ ।