| ८ भाद्र २०७४, बिहीबार १६:३२
सुर्खेत । हिन्दु महिलाहरुको महान पर्व हरितालिकाको तीज सुर्खेतमा पनि भव्य रुपमा मनाइएको छ । बागिना समूह सुर्खेतले वीरेन्द्रनगरको खुला मञ्चमा आयोजना गरेको तीज विशेष कार्यक्रममा खुलामञ्च रंगीविरंगी थियो ।
भदौ महिनामा गर्मीको कुनै प्रवाह नगरेरै खुलामञ्चमा आयोजित सांस्कृतीक कार्यक्रम हेर्नेको ठूलो जमात थियो । कतिपय त ग्रुप बनाएर छुट्टाछुट्टै लोक संस्कृती झल्कने गीतहरुमा छमछमी नाचिरहेका दृष्य समेत खुलामञ्चमा देख्न सकिन्थे ।
सधै तिखो र स्पष्ट भाषण गर्न सिपालु वीरेन्द्रनगर नगरपालिकाका उममेयर मोहन माया ढकालले खुलामञ्चमा भाषण हैन तीज गीतको भाकामा दिदीवहिनीलाई देशको विकास गर्न कम्मर कसेर जुट्न आग्रह गरिन् । यति मात्र हैन ढकालले घरको काम नी गर्छौ, मौका मिले सत्ता चलाउँछौं भन्दा गर्मीयाममा दर्शकहरुले हौसाए ।
शव्द, तस्वी र भिडियो : सुशील खड्का
https://youtu.be/dx6i9tBPZ8E