☰ open Loading... 17 November 2024|  

छोराले गरे आमाको हत्या
  | ८ भाद्र २०७४, बिहीबार १८:१९

वीरेन्द्रनगर १०–एअरपोर्ट चोक नजिकै एक युवाले बुधबार सामान्य विवादका क्रममा हातपात गर्दा उनकी आमाको मृत्यु भएको छ ।एअरपोर्ट नजिकै बस्ने बर्ष ३८ को रबी खनालले ७१ बर्षिया आप्mनै आमाको घरायसी झगडाका क्रममा धकल्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख मोहन आचार्यले जानकारी दिए ।

‘सामान्य झगडाका क्रममा धकल्दा युवककी आमा टीकावती खनालको मृत्यु भएको अनुसन्धानवाट देखिएको छ’, एसपी आचार्यले भने, ‘किटानी जाहेरी आइसकेको र घरायसी विवाद मुख्य कारण देखिएको छ ।’ एसपी आचार्यले मृतकका छोराले आँफुले नै धरपकड गर्दा मृत्यु भएको स्वीकारेको वताए ।

रबी खनाल वैदेशिक रोजगारी गरी साउदी अरब वाट छुट्टीका क्रममा घर आएका थिए । तीजका बेला श्रीमती माइत गएको र आँफु एक्लै आमा संग बसेको अवस्थामा घरायसी विवादका कारण घटना घटेको हुन सक्ने स्थानीयले वताए । जग्गा विवादका क्रममा घटना घटेको मृतक खनालका छिमेकीले वताएका छन् ।