| ९ भाद्र २०७४, शुक्रबार ११:५३
सुर्खेत । अविरल वर्षातका कारण शुक्रवार विहान २ बजेति दैलेख सदरमुकाममा घर भत्किदा एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन् । मृत्युहुनेमा नारायण नगरपालिका ११ स्थायी घर भएकी ४५ वर्षकी दिपा चन्द्र हुन् ।
घाईते हुनेमा वर्ष ३५ की विन्दु शाही र उनकी १२ वर्षीय छोरी मुना शाही छन् । दिपाको घटनास्थलमै च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एकेन्द्र खड्काले बताए । अन्य दुई जनाको उपचारका लागि नेपालगंज लगिएको छ ।
घाईतेहरुको छाती र खुट्टामा चोट लागेको छ । सदरमुकाममै वर्षातका कारण ६ घरमा आंशिक क्षति भएको छ भने ३ घर पूर्ण क्षति भएका छन् । ती घरहरुबाट प्रहरी र नेपाली सेनाले सामाग्रीहरु बाहिर निकालेका छन् ।