| ९ भाद्र २०७४, शुक्रबार १८:३४
दैलेख । दैलेख सदरमुकाममा करिव आधा दर्जन घरहरु भत्किएका छन् । अधिकाँध घरहरु रोड पिच गर्दा रोलरको बढी कम्पन कै कारण भत्किएको स्थानीयबासीहरुको आरोप लगाएका छन् । सडकमा रोलर चल्दा घरहरुमा अत्याधिक कम्पन आएको थियो ।
कम्पनले कमजोर भएको कच्चि घरहरु वर्षातले सहज भत्किएको स्थानीयहरुले आरोप लगाएका हुन् । श्रोतका अनुसार ठुला राजमार्गहरुमा प्रयोग हुने रोलर बजार क्षेत्रमा प्रयोग गरिएको थियो ।
जसका कारण बजारका पक्कि घरहरुमा समेत कम्पन आएको थियो । पक्कि घरहरुमा समेत कम्पनले असर गरेको थियो । एक स्थानीयले भने, कच्चि घरको हाल के भएको थियो होला ? त्यही कम्पन नै असर त्यसमा पनि वर्षातको पानीले सहज घर भत्कियो ।
याे पनि पढ्नुस् ः दैलेखमा घर भत्किदा १ काे मृत्यु