‘जनताकाे सुरक्षामा उदारणीय काम गर्नु’
सुर्खेत । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतका प्रहरी महानिरिक्षक –डिआईजी) शरद चन्द्रले दीक्षित प्रहरी जवानलाई शान्ति सुरक्षामा उदारणीय काम गर्न निर्देशन दिएका छन् ।
शुक्रबार वीरेन्द्रनगरमा ‘प्रहरी जवान आधारभुत तालीम, १३३ औँ समूह’ को तालिम समापनको अवसरमा आयोजित दिक्षान्त समारोहमा उनले यस्तो निर्देशन दिएका हुन ।
विगतको तुलनामा अपराध गर्ने शैलि परिवर्तन भएकाले प्रहरीले परम्परागत शैलि अपनाएर अपराध न्युनिकरण गर्न सक्दैन । अपराध नियन्त्रणका लागि अनुसन्धान गर्ने परम्परागत शैलिपनि परिवर्तन आवश्यक छ, उनको भनाई छ ।
प्रविधिको माध्यम प्रहरीसंग भएका स्रोत साधनको प्रयोग गरी अपराध नियन्त्रण गर्न सकिन्छ, उनले बताए । दिक्षित प्रहरी जवानहरुलाई जनताको मन जित्ने गरी शान्ति सुरक्षा प्रदान गर्न उनले निर्देशन समेत दिए ।
एउटा प्रहरीले गल्ती गरेमा पुरै डिपामेन्टकै बदनाम हुने भएकाले इमन्दारी पुर्वक काम गर्न आग्रह गरे । यस्तै कार्यक्रममा तालिममा सहभागि १९५ जनालाई सपथ खुवाईएको थियो ।
क्षेत्रीय प्रहरी तालिम केन्द्र नेपालगंजको तत्वावधानमा म.प क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा गत भदौँ ३१ गतेबाट संचालित तालिमका प्रशिक्षार्थीहरुलाई दिक्षान्त समारोहमा सथप खुवाईएको थियो ।
नेपालगंज तालिम केन्द्रले २०० जनालाई मप क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतमा पठाईएको थियो । जसमध्य ५ जनाले बीचमै छाडेको १९५ जनाले तालिम सक्रिय भई दिक्षान्त प्राप्त गरेको क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी निरिक्षक शंकर श्रेष्ठले जानकारी दिए ।