☰ open Loading... 18 November 2024|  

सुर्खेत महिला जेसीजले सप्ताहव्यापी सामाजिक कार्य गर्ने
  | १० भाद्र २०७४, शनिबार ०९:२१

सुर्खेत । सुर्खेत महिला जेसीजले यही भदौ १३ गतेबाट सप्ताव्यापी सामाजिक कार्यहरु सञ्चालन गर्ने भएको छ । वीरेन्द्रनगरमा शनिवार पत्रकार सम्मेलन गर्दै जेसीजले भदौ १८ गतेसम्म विभिन्न सामाजिक कार्यहरु गर्न लागेको जानकारी दिएको हो ।

सप्ताहव्यापी कार्यक्रम अन्तरगत सम्मानदेखी वक्तृत्वकला प्रतियोगीताहरु सञ्चालन गर्नेछ । भदौ १३ गते सप्ताहको उद्घाटन हुनेछ । सुर्खेत महिला जेसीज वर्ष २०७१ का अध्यक्ष बसन्ती बस्नेत ‘एकता’ ले भदौ १४ गते सम्मान कार्यक्रम, रक्तदान र मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालका विरामीहरुलाई फलफुल वितरण गर्ने कार्यक्रम रहेको जानकारी दिइन् ।

उनका अनुसार १५ गते नेतृत्व तथा व्यक्तित्व विकास तालिम, १६ गते वीरेन्द्रनगरको गोठीकाँडास्थित स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर र १७ गते तुल्सी स्मृती वक्तृत्वकला प्रतियोगिताहरु सञ्चालन गरिनेछ । सप्ताह भदौ १८ गते सम्पन्न हुनेछ ।

पत्रकार सम्मलेनमा बोल्दै अध्यक्ष बस्नेतले यो कार्यमा सवै पक्षले साथ र सल्लाह दिन हुन आग्रह गरिन् । सप्ताहव्यापी कार्यक्रमका लागि सन्तोषी सिंहलाई सम्मान कार्यक्रमको संयोजक, गीता श्रीसलाई रक्तदान, प्रमी शाक्यलाई फलफुल वितरण, कविता सेजुवाल(केसी) लाई नेतृत्व तथा व्यक्तित्व विकास तालिमको संयोजकको जिम्मेवारी दिएको छ ।

यस्तै, स्वास्थ्य शिविरको संयोजकमा सुमित्रा गौतम, वक्तृत्वकला प्रतियोगिताको संयोजकमा यमुना नेपाली, वनभोज समापन कार्यक्रमको संयोजकमा तथा संयोजकमा सिया प्रधानलाई जिम्मेवारी दिएको छ ।