☰ open Loading... 24 February 2025|  

पत्रकार महासंघका केन्द्रीय सदस्य सेजुवाल सुर्खेतमा सम्मानित
  | १२ भाद्र २०७४, सोमबार १३:०३

सुर्खेत । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य कलेन्द्र सेजुवाललाई सुर्खेतमा सम्मान तथा बधाई दिइएको छ । काठमाडौंमा सम्पन्न महासंघको निर्वाचनबाट निर्वाचित पत्रकार सेजुवाललाई पत्रकार महासंघ शाखा सुर्खेतले सोमबार सम्मानित गरेको हो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष कमलेश डिसी, श्रीधर पौड्याल, प्रेस युनियनका अध्यक्ष नरेश थापा, प्रेस चौतारीका अध्यक्ष सूर्यप्रकाश कंडेल, नेपाल पत्रकार महासंघ शाखा सुर्खेतका अध्यक्ष गणेकञ्चन भारतीले केन्द्रीय सदस्य सेजुवाललाई सम्मान तथा बधाई दिएका थिए ।

कार्यक्रममा बोल्ने बक्ताले सेजुवाललाई प्रदेश ६ का पत्रकारहरुको हकहितमा काम गर्न सुझाएका छन् । सम्मान ग्रहणपछि बोल्दै केन्द्रीय सदस्य सेजुवालले यस क्षेत्रका पत्रकारहरुले भोग्दै आएका समस्याहरुको उठान गर्ने प्रतिवद्धता जनाएका थिए ।