☰ open Loading... 17 November 2024|  

गाउँपालिकाका अध्यक्षले अख्तियारकाे दुरूपयाेग गरेपछि तालाबन्दी
  | १२ भाद्र २०७४, सोमबार १९:५१

सागर परियार,
जुम्ला । जुम्ला पातारासी गाउँलिकाको कार्यालयमा अनिश्तिकालकालिन तालाबन्दी गरिएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले मनपरी बजेट बाडेको भन्दै बजेट पुनरावलोकनको माग गर्दै स्थानीयले गाउँपालिकाकाे कार्यालयमा अनिश्तिकालीन तालाबन्दी गरेका हुन् ।

बजेट पुनरावलोकनको विषयमा साता दिन देखि विरोध गर्दै आएका स्थानियहरुको आज सम्म गाउँपालिका प्रमुख लक्षिमन बोहोराले कुनै वास्ता नगरेपछि तालाबन्दीमा उत्रिनुपरेको स्थानीय अम्मर विष्टले बताए । उनले भने जनसंख्या, भूगोल, पुर्वाधारको अबस्था चेतनाको अबस्थाको आधारमा बजेट विनियोज हुनु पर्ने हो ।

तर केहि अध्ययान अनुसन्धान नगरी मनोमानी ढंगबाट बजेट विनियोजन गरेकोले माग सम्बोधनका लागि अन्तिम विकल्पको रुपमा तालाबन्दी गरिएको उनको भनाई छ ।

जनताको सेवा र सुविधाका लागि चुनिएका जनप्रतिनिधिहरुको नियत राम्रो देखिएन, गाउँविकास भन्दा पनि स्थानिय तह ठेकेदार मोट्याउने भाँडो हुन्छ सिंह दरबारको अधिकार गाउँ भन्नु काग कराउनु पिना सुक्नु जस्तै भएको बिष्टले बताए । विकास निमार्ण भन्दा पनि ठेकेदार पोसोन काममा मात्रै बजेट छुटाइएको छ विष्टले भने पहिलेको बजेटलाई पुनरावलोकन गरी समान रुपमा वितरण नभएसम्म ताला नखुल्ने बताए ।

यदि प्रशासनले बल प्रयोग गरेमा ज्यानसम्म पनि दिन तयार रहेको नागरिकलाई चेतावनी छ । बजेट पुनरावलोकनमा गाउँपालिका अध्यक्षले ध्यान नदिएपछि आइतबार साँझ स्थानीयले गाउँपालिकाभरी विरोध जुलुश निकालेर साँझ कार्यालयमा तालाबन्दी गरेका हुन् । माग सम्बोधनका लागि एक हप्ता पहिले देखि गाउँपालिका धाउँदा अध्यक्ष र उपाध्यक्ष दुवैजना कार्यालयमा उपस्थित नभएको र भएपनि वास्ता नगरेको उनीहरुको गुनासो छ ।

अधिकांश समय अध्यक्ष उपाध्यक्ष सदरमुकमै बस्छन, कहिले काही कार्यालयमा देखिन्छन । अनि माग सम्बोधनका कुरा गर्दा नसुनैझै गर्छन अर्का स्थानीय रामराज भण्डारीको यस्तो गुनासो छ । भने, ‘जनताको काम गर्न चुनिएका जनप्रतिनिधिहरुले गाउँमा नबसेपछि स्थानीय तहमा सिंहदरबारको नारा नारामै सिमित रहने नागरिकको बुझाई छ । नाराबाजी गर्दै स्थानीयले विनियोजन गरिएको बजेट खारेज गरी सबै वडाहरुलाई आवश्यकताका आधारमा बजेट पुनरावलोकन गर्न माग गरेका छन ।

उनीहरुले पाँचसय मेगावाटको चुकेनी लघुजलविद्युत स्थानीयको घर उज्यालो बनाउन आवश्यक भएपनि त्यसतर्फ ध्यान गाउँपालिकाको ध्यान नगएको समेत आरोप लगाएका छन । एक करोड ३२ लाख रुपैयाँ विद्युत निर्माणका लागि आवश्यक भएपनि ५० लाख मात्रै छुट्याइएको प्रति आपत्ती जनाएका हुन ।

समग्र वडाहरुमा जनसंख्या, भुगोल तथा आबश्यकताको आधारमा बजेट विनियोजित लाई पुनराअवलोकन नगरे आन्दोलन तालाबन्दी जारी रहने बताइएको छ । भने गाउँपालिकाले यस विषयमा तत्तकाल सरोकारवाला बिच छलफल चलाउने बताएको छ ।