☰ open Loading... 17 November 2024|  

राज्यमन्त्री विष्ट सम्मानित, ‘प्रधानमन्त्रीको भारत भ्रमण सकारात्मक’
  | १३ भाद्र २०७४, मंगलवार १३:०४

सुर्खेती पत्रकारहरुको साझा संगठन सुर्खेती पत्रकार समाज काठमाडौंले मंगलबार सूचना तथा सञ्चार राज्यमन्त्री तप्त विष्टलाई सम्मान गरेको छ । राज्यमन्त्री विष्ट सुर्खेत क्षेत्र नंम्बर दुईबाट संविधान सभाको निर्वाचनमा विजयी साँसद समेत हुन ।

रफत सञ्चार क्ल्बको सभा हलमा भएको उक्त सम्मान कार्यक्रममा सुचना तथा सञ्चार राज्यमन्त्री विष्टले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सकारात्मक भएको भन्दै आफूहरुको भारत भ्रमणका अबस्थामा देउवाले जस्तै राजकिय सम्मान नपाएका कारण विपक्ष दलका नेताहरुले विरोधका नाममा विरोध मात्रै गरेको बताए ।

सञ्चार राज्यमन्त्री विष्टले प्रधानमन्त्री देउवाले भारत भ्रमणका बेला नेपालको तर्फबाट स्पष्ट धारणा राखेको बताए । विष्टले प्रधानमन्त्रीको भ्रमणका बिषयमा टिकाटिप्पणी र आलोचना गर्नुमा कुनै तुक नभएको बताए ।

संविधान संशोधनका बिषयमा उनले संविधान निर्माणकै बिषयमा राजनीतिक दलबीच आबश्यकता र माग अनुसार संशोधन गर्न सकिने सहमति भएका कारण यसमा विवाद गर्न जरुरी नदेखिएको बताए ।

उनले प्रदेश नं २ मा हुन लागेको तेस्रो चरणको निर्वाचनका लागी सरकारले तयारी पुरा गरिसकेको बताउँदै निर्वाचन शान्तिपूर्ण ढंगले तोकेकै समयमा सम्पन्न हुने जानकारी दिए । उनले राजपा लगायतका सबै दलहरुले निर्वाचन आयोगमा दल दर्ता गरिसकेकोले पनि निर्वाचन नहुने बारे शंका नगर्न आग्रह गरे ।

सञ्चारकर्मीको एक जिज्ञाशामा उनले श्रमजीवी पत्रकारहरुका तमाम खालका समस्या समाधानका लागी सञ्चार मन्त्रालय र सरकार लागी परेको जानकारी दिदैं श्रमजीवीका समस्या तत्कालै समाधानका लागी प्रयास भैरहेको बताए ।

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाको अबस्थालई हेरेर जिल्ला तहका नेताहरुले अन्य दलसँग तालमेल गर्न सक्ने उनले बताए । बाढीपीडितका सन्दर्भमा उनीहरुको तत्कालिन समस्या समाधानका लागी सरकार गम्भीर भएको भन्दै सरकारले राहतका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउदै गएको उनले बताए ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुरका पाटी सभापति दुलभ थापा सुर्खेतका पाटी सचिव टोपबहादुर रावत, काँग्रेसका युवा नेता रमेश केसी, भक्तपुर काँग्रेसका युवा तथा प्रभावशाली नेता बिष्णुबहादुर कार्की, रफत सञ्चार क्लबका अध्यक्ष सुशिलबन्धु थापा, सुर्खेती पत्रकार समाज काठमाडौका अध्यक्ष कमल न्यौपाने लगायत दर्जनबढी सञ्चारकर्मी र काँग्रेस कार्यकर्ताहरुको उपस्थिति थियाे ।   कार्यक्रममा समाजका अध्यक्ष न्यौपानेले सुर्खेती पत्रकारहरुको साझा संगठन सुर्खेती पत्रकार समाज गठन र यसको अबस्थाका बारेमा सञ्चार राज्यमन्त्री विष्टलाई जानकारी गराएका थिए ।