सागर परियार,
जुम्ला । दशैं आउन अँझै एक महिना बाँकी रहदा राउटे समुदायका युवा दशैंको खर्च जुटाउन जुम्ला पुगेका छन । वर्षमा एकपटक आउने दशैंलाई जंगलमै बसेर भएपनि रमाइलोसँग मनाउने आशाका साथ दुईजना राउटे युवा आर्थिक संकलनका लागि जुम्ला आइपुगेका हुन् । राउटे मुखिया नारायणबहादुर शाहीलेले दशैको खर्च जुटाउनु जुम्ला आएको बताएका छन् । उनले सम्पुर्ण राउटेहरुको नेतृत्व गर्दै जुम्ला आएको र एक हप्तासम्म दशैं खर्च जुटाएर फर्किने जानकारी दिए ।
पैसा छुँदा पाप लाग्छ भन्ने राउटे समुदाय पछिल्लो समय आफ्नो आवश्यकता पूर्तिका लागि सरकारी तथा गैरसरकारी संस्थाहरुसँग आर्थिक सहयोगको माग्न थालेका छन । राउटेको विकासको लागि सिंहदरबारका मन्त्रालयहरूमा धाएपनि कुनै राहत नपाएको दुखेसाे राउटे मुखियाकाे छ ।
दैलेखको दुल्लुमा बसिरहेकाे जानकारी दिएका राउटे समुदायमा दुईसय जना रहेकाे र उनीहरूलाइ अावश्यक खर्च जुटाउन दुईजना मात्रै जुम्ला आएको मुखियाकाे भनाइ छ । दशैं मनाउन पूर्व तयारी र अावश्यक नयाँ सामग्री खरिद गर्नुपर्ने भएका कारण अन्य जिल्लाहरुमा अरु युवाहरु गएकाे उनले जानकारी दिए ।
आफ्ना समुदायले बनाएका विभिन्न आर्कषक सामाग्रीहरु प्रमुख जिल्ला अधिकारी, लगायत सरकारी गैरसरकारी निकायमा उपहार स्वरुप दिएर सहयोग समेत उनिहरुले बताएका छन । पछिल्लो समय सडकको विस्तार भए संगै आफुहरुलाई विभिन्न ठाउँमा जान सहज भएको समेत उनिहरुको भनाई छ ।
सरकारले राउटेहरुको व्यवस्थापन अझै पनि गर्न नसकेको भन्दै गास बास कपासको ग्यारेन्टी सरकाले लिनु पर्ने समेत दाबी गरेका छन । दशैको खर्च जुटाउन आएका दुई जना राउटे युवा जुम्लामा झण्डै एक हप्ता सम्म विभिन्न निकाय संग सहयोग मागी फर्किने बताएका छन ।