☰ open Loading... 18 November 2024|  

निर्वाचन क्षेत्र निर्धारण गर्दा हामी चुक्यौं : यामलाल कंडेल
  | १३ भाद्र २०७४, मंगलवार २०:४९

सुर्खेत : नेकपा एमाले प्रदेश ६ का कमिटीका सह–संयोजक यामलाल कंडेलले प्रतिनीधि सभा सिमा निर्धारण गर्दा कसैले पनि चासो नदेखाएको बताए । युवा संघ प्रदेश नम्बर ६ ले आयोजना गरेको पहिलो बैठकलाई मंगलबार वीरेन्द्रनगरमा सम्बोधन गर्दै उनले निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रदेश नम्बर ६ लाई जनसंख्याको आधारमा आधारमा क्षेत्र निर्धारण गर्दा अन्याय भएको बताएका हुन् ।

अन्य प्रदेशको तुलनामा हाम्रो प्रदेश प्रतिनीधि सभामा कमजोर छ रहेको बताएका उनले हिजो प्रदेश प्राप्तीका बलिदानी गरेर प्रदेश प्राप्त ग¥यो, आज निर्वाचन क्षेत्र निर्धारण गर्दा कसैले चासो नदिएको बताए । ‘भुगोल र जनसंख्यालाई आधार बनाएर निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्छ भन्ने एमालेले अडान राखेको थियो’ एमाले पोलिटब्यूरो सदस्य समेत रहेका कंडेलले भने,–‘अन्य दलहरुले चासो नदेखाएकै कारण प्रदेश ६ मा निर्वाचन क्षेत्र कम हुन पुग्यो ।’

‘अन्य प्रदेशहरु तराईको मैदानसंग जोडिएका छन, ६ नम्बर प्रदेश तराईको मैदानसंग जोडिएको छैन, विशुद्ध हिमाल र पहाड मिलेर बनेको छ’ कंडेलले भने,–‘आज तै चुप र मै चुप अवस्थामा रहेका राजनीतिक दलका कारण भोली प्रदेशको समृद्धिमा समस्या आउने स्पष्ट भएको छ ।

शेरबहादुर मोदीका कार्यकर्ता जस्ता छन् ?
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारत भ्रमणमा नेपाली शिर झुकाउने काम गरेको आरोप लगाए । कंडेलले भने–‘संविधान संशोधन संसदले टुंगा लागि सकेको हो, प्रधानमन्त्री देउवा भारत भ्रमण गएर संविधान संशोधन जस्तो नेपालको आन्तरिक मामिला बोल्नु गलत हो ।’

देउवाले नेपाली कांग्रेस शिर मात्रै झुकाएनन् सारा नेपालीहरुको शिर समेत झक्ने कार्य गरेकोमा खेद प्रकट गरे । नेपाली कांग्रेसका देउवा मोदीका कार्यकर्ता जस्ता छन ? देउवा नेपाली कांग्रेसका सभापति हुन की मोदीका कार्यकर्ता हुन ? छुट्याउनै गाह्रो भएको कंडेलको प्रश्न थियो ।

आगामी मंसिर १० गते हुने संघ प्रदेशको निर्वाचनको तयारीमा जुट्न युवासंघ नेपाललाई निर्देशन दिएका कंडेलले एमालेलाई कमजोर बनाएर केही शक्तिहरु चौतर्फी रुपमा लागि रहेको खुलासा गरे ।

स्थानीय तहको निर्वाचनमा एमालेलाई चौतर्फी घेराबन्दीमा राखेपनि पहिलो शक्तिको रुपमा स्थापित हुने उनको भनाई छ । आउने संघ र प्रदेशको चुनावमा एमालेलाई पहिलो शक्ति हुनबाट जति बाह्य शक्ति सलवलाए पनि कसैले रोक्न नसक्ने उनले बताए ।

पछिल्लो समय जनसंगठनको काम कार्य महाधिवेसनमुखि भएको टिप्पणी गरेका कंडेलले अहिले जन संगठनहरु अभिलेखमै समिति भएकाले कमजोरहिरुलाई सच्याएर अघि बढ्न आवश्यक रहेको उनको भनाई थियो ।

युवा संघ नेपाल प्रदेश नम्बर ६ का संयोजक हस्तबहादुर शाहीको अध्यक्षता भएको कार्यक्रममा युवा संघ नेपालका केन्द्रीय महासचिव किरण पौडेल, प्रदेश नं. ६ का इन्चार्ज गुलावजंग शाह, युवा संघ सुर्खेतका अध्यक्ष खिमलाल देवकोटाको उपस्थिती थियो ।