☰ open Loading... 18 November 2024|  

सुदूरपश्चिमेलीकाे गौरामा, जुम्लाको देउडा
  | १४ भाद्र २०७४, बुधबार ०९:०२

सागर परियार,
जुम्ला । जुम्लामा पनि देउडा गीत गाएर रमाइलो गर्दै सुदूरपश्चिमबासीले गौरा पर्व मनाएका छन् । सुदुर पश्चीमेलि समाज जुम्लाले टुडिखेलमा देउडा गीत गाएर रमाइलो गर्दै पर्व मनाएका हुन् ।

गौरा पर्वको अवसरमा सुदूरपश्चिमबासी र जुम्लाबासिबिच देउडागित मार्फत शुभकामना आदान प्रदान गर्दै दुख सुख साटासाट गरेर रमाइलो गरीएको थियो । देउडा खेल्दै गर्दा बर्षे झरीले सताएपनि देउडा खेल्ने र हेर्नेले भने रमाइलो महशुस गरीरहेका थिए ।

सुदूरपश्चिमसँगै मध्यपश्चिमका अधिकांस जिल्लामा गौरा पर्व मनाउने गरीएता पनि जुम्लामा भने यस पर्वको खासै महत्व राखिदैन । पहिले पहिले जुम्लामा गौरा पर्वबारे कसैले चासो दिएको पाइदैन थियो । तर जुम्लामा विस्तारै सुदूरपश्चिम क्षेत्रका मानिसको बसोबास बढेसँगै यो पर्र्व जुम्लामा पनि धुमधामसाथ मनाउन थिएको हो ।

सुदुर पश्चिमेली समाज जुम्लाका उपाअध्यक्ष एज्ञराज ओझाले भने, ‘गौरा पर्वलाई हामिले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छौं ।’ यस्ता चाडपर्वले लोक परम्परा कायम रहनुका साथै सामाजिक सांस्कृतिक एकता पनि कायम हुने उनले विश्वास व्यक्त गरे ।