☰ open Loading... 18 November 2024|  

निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझायो
  | १४ भाद्र २०७४, बुधबार १९:२०

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ । नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाएका हुन । सो आयोग गत साउन ५ गते गठन भएको थियो ।