☰ open Loading... 18 November 2024|  

पश्चिम नेपालका कुन जिल्लामा कति निर्वाचन क्षेत्र ? (सूचिसहित)
  | १४ भाद्र २०७४, बुधबार १९:२९

सुर्खेत ।  प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष निर्वाचन क्षेत्र निर्धारण आयोगले बुधबार आफ्नो प्रतिवेदन बुझाएको छ । नेपालको संविधानबमोजिम संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि २३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रसहितको प्रतिवेदन प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका अध्यक्ष कमलनारायण दासले बुझाएका हुन ।

पश्चिम नेपालमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाहरुमा  प्युठान, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बाजुरा, बझाङ, डोटी, डडेलधुरा, बैतडी र दार्चुला छन् ।

यसैगरी दुईवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा बर्दिया, सुर्खेत, दैलेख र अछाम जिल्ला छन् । तीनवटा निर्वाचन क्षेत्र भएका जिल्लाहरुमा भने दाङ, बाँके र कञ्चनपुर जिल्ला छन् भने कैलाली जिल्लामा पाँच निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।