☰ open Loading... 22 March 2025|  

राप्रपाकाे ६ नम्वर प्रदेश संयोजक गिरी
  | १५ भाद्र २०७४, बिहीबार ०७:४५

सुर्खेत । राप्रपाले सातै प्रदेशमा संयोजक तोकेको छ । राप्रपाका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले ७ प्रदेशमै संयोजक तोकेको हो । प्रदेश नम्बर ६ को संयोजकमा युवानेता मुकुन्दश्याम गिरीलाई जिम्मेवारी दिएको छ ।

पार्टी एर्कीकरण हुँदा सहायक महामन्त्री समेत रहेका गिरी हाल पार्टीको केन्द्रिय सदस्य हुन् । प्रदेश न.१ को संयोजकमा पार्टीका महामन्त्री राजेन्द्र लिङ्गदेन, प्रदेश २ मा केन्द्रीय सदस्य गंगा प्रसाद यादव, प्रदेश ३ मा उपाध्यक्ष बुद्धिमान तामाङ्ग, प्रदेश नम्बर ४ मा सहमहामन्त्री हेमजंग गुरुङ्ग, प्रदेश नम्बर ५ मा महामन्त्री डा.धवलशम्शेर जबरा र प्रदेश ७ मा महामन्त्री जयन्त चन्दलाई तोकिएका छ ।

बैठकले ७५ जिल्लाको संगठनात्मक अवस्था, २ नं. प्रदेशको निर्वाचनको तयारी, प्रदेश र संघको निर्वाचनको रणनीति, वडा वडामा राप्रपा, मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा, स्थानीय तहका अध्यक्षहरुको सम्मेलन, बृहत सनातन धर्म सम्मेलन, प्रशिक्षण कार्यक्रम, भातृ संगठनको अधिबेशन, हिन्दुत्व जागरण सभा लगायतका कार्यक्रमहरुका विषयमा विस्तृत छलफल गरेको सुर्खेत सञ्चार प्रतिनिधि प्रेम बिसीले जानकारी दिए ।