☰ open Loading... 18 November 2024|  

हुम्लामा खाद्यान्नको अभाव
  | १७ भाद्र २०७४, शनिबार १५:०५

हुम्ला । हुम्ला जिल्लामा लगातारको वर्षापछि सदरमुकाम सिमिकोटमासमेत खाद्यान्नको अभाव भएको छ । पाँच महिनादेखि सर्वसाधारणले खाद्यान्न नपाएको र संस्थानको गोदाम खाली रहेको नेपाल खाद्य संस्थानका प्रमुख नारायण केसीले बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी ऋषिदेवप्रसाद सिटौलाले हुम्ला जिल्लामा खाद्यान्नको माग गरी मन्त्रालय र विभागमा पत्राचार गरिएको र चार्डपर्वलाई मध्यनजर गदै खाद्यान्न आएपछि सर्वसाधारणलाई बाँडिने जानकारी दिए ।