☰ open Loading... 2 May 2024|  

ताजिकिस्तानबिरुद्ध नेपाली फुटबल टोली घोषणा
  | १७ भाद्र २०७४, शनिबार २१:३१

काठमाडौँ । ताजिकिस्तानविरुद्ध मंगलबार हुने खेलका लागि २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ । मुख्य प्रशिक्षक ग्योतोकु कोजीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेकाे हो ।

एसियन कप–२०१९ को छनौट चरणअन्तर्गत नेपालले ताजिकिस्तानसँग आगामी मंगलबार एन्फा मैदान सातदोवाटोमा प्रतिष्पर्धा गर्नेछ ।

घोषित नेपाली राष्ट्रिय टोलीमा गोलरक्षकः किरणकुमार लिम्बु, विशाल श्रेष्ठ र बिकेश कुथु, डिफेण्डरमा बिराज महर्जन, देवेन्द्र तामाङ, अनन्त तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, आदित्य चौधरी, कमल श्रेष्ठ रहेका छन् ।

यसैबीच, मिडफिल्डरमा सुनिल बाल, हेमन गुरुङ, रोहित चन्द, सुमन लामा, अञ्जन विष्ट, विक्रम लामा, बिशाल राई, हेमन्त थापामगर र सुजल श्रेष्ठ तथा स्ट्राइकरमा विमल घर्तीमगर, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ र भरत खवास रहेका छन् ।