☰ open Loading... 25 April 2024|  

एनसेल शुरू गर्याे वीरेन्द्रनगरमा फोरजी सेवा
  | १७ भाद्र २०७४, शनिबार २१:४३

सुर्खेत । एनसेलले सुर्खेतको वीरेन्द्रनगरमा आफ्नो फोरजी सेवा संचालनमा ल्याएको छ । शुक्रबारदेखि यो सेवा संचालनमा आएको कम्पनीले जनाएको छ ।

फोरजी सिम तथा सपोर्ट गर्ने मोबाइल सेटबाट प्रिपेड तथा पोस्टपेड ग्राहकले अब वीरेन्द्रनगरमा पनि द्रुत गतिको मोवाइल ब्रोडब्याण्ड सेवाको लाभ लिन सक्नेछन् । सिम कार्डलाई फोरजीमा परिवर्तन नगरेकाले भने नजिकैको एनसेल सेन्टरमा गई फोरजी चल्ने सिम (युसिम) सँग १ रुपैयाँ मात्रै शुल्क तिरेर साट्न सक्नेछन् ।

यसरी सिम साट्नका लागि नागरिकता वा सवारी चालकअनुमतिपत्रको प्रतिलिपी पेश गर्नुपर्नेछ । यसरी सिम परिवर्तन गर्दा मोवाइल नम्बर परिवर्तन हुने छैन ।

कम्पनीका अनुसार सिम परिवर्तन गर्नेले १ जिबी फोरजी डेटा पनि प्राप्त गर्नेछन् । प्राप्त डेटा ३ दिनको लागि मान्य हुनेछ । एनसेलले फोरजी सेवा पहिलो पटक जेठ १८ मा काठमाडौं उपत्यका (नगरकोट सहित), बनेपा र धुलिखेलमा संचालनमा ल्याएको थियो ।

कम्पनीको फोरजी सेवा हाल पोखरा, दमौली, विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगंज, भैरहवा, बुटवल, नेपालगञ्ज, काेहलपुर लगायतमा पनि उपलब्ध छ ।