☰ open Loading... 26 April 2024|  

वीरेन्द्रनगरमा व्यवसायी विस्तार तालिम शुरू
  | १८ भाद्र २०७४, आईतवार १५:००

सुर्खेत । युवा वेरोजगार एवंम् न्यून आय भएका व्यक्तिहरुका लागी व्यवसायी विस्तार तालिम आईतबार देखि वीरेन्द्रनगरमा सुरु भएको छ । यु.एस.ए.आइडीको आर्थिक सहयोग, पहल कार्यक्रमको व्यवस्थापन तथा सुन्दर नेपाल संस्थाको सहजीकरणमा संचालित कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहल अन्तर्गत तालिम सञ्चालन भएको हो ।

तालिमको उद्घाटन सत्रमा बोल्दै पहल कार्यक्रमका, कार्यक्रम संयोजक सौरभ कर्मचार्यले सहभागिहरुलाई तालिममा सिकेका कुरा व्यवहारमा लागु गरी अरुलाई समेत सिकाउन आग्रह गरे । बिना योजना व्यापार–व्यवसाय गर्ने बानिका कारण गाऊ स्थरमा संचालित व्यवसायहरु दिगोपन रुपमा नचल्ने भन्दै उनले यस तालिमबाट उपयुक्त व्यवसाय गर्ने वातावरण बनाउने र तालिमले थप सहयोग हुने अपेक्षा राखेकाे बताए ।

सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले सहकारी मार्फत युवालाई स्वरोजगार बनाउन सकिने र गाउँ गाउँमा रहेका युवा–युवतीहरुलाई बिभिन्न सिपमुलक तामिलहरु दिई, व्यापार व्यवसायमा आवद्ध गरा परियाेजना लागु भएकाे बताए । उनले व्यवसायबाट आम्दानी भएको पैसा विभिन्न सहकारीमा बचत गरेर भविष्यमा आई पर्ने आर्थिक संकटबाट बच्न वेरोजगारलाई चाहिने आवश्यक तालिमहरु प्रदान गरेर सक्षम व्यक्ति बनाउने उद्देश्य रहेको बताए ।

पहल परियोजना लागु भएको मध्यपश्चिमाञ्चलका सुर्खेतका लेखपराजुल, नेटा, रजेना, काफलकोट, रानीवास र धारापानी गाविसका १४ जना सहभागी छन् ।

सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र प्रसाद कडेंले व्यापार–व्यवसाय गरेका व्यक्तिहरुले पनि आफ्नो व्यवसायलाई थप स्तर गर्न, व्यवसायीक योजना बनाएर व्यवसाय गर्दा राम्रो हुने सुझाव दिए । जिल्ला पशु सेवा कार्यालय सुर्खेत, घरेलु तथा साना उद्याेग समितिका प्रतिनिधि एवंम् प्रशिक्षक मोहन सिंह रानाले तालिमको सहजीकरण गर्नेछन् ।