☰ open Loading... 22 December 2024|  

यस कारण शक्ति वस्नेत गलत
  | १९ भाद्र २०७४, सोमबार ११:५६

अविरल यात्री
सुनिन्छ र भनिन्छ जाजरकोट भन्न वितिकै गरिव , उत्पडित जनताको ठुलो जमात छ । यहाँ भएभरको रोग, खाद्य संकट , अभाव र अराजकता वाध भित्र जाजरकोको नाम लिनेको संख्य ठुलो छ । के साचिकै जाजरकोट यस्तै छ त ? जाजरकोटलाई चिनाउने पर्यटकिय स्थल र अवैको नदेखिएको वा नदेखाएको ठुलो सम्पती पनि छ । हाम्रो एकपक्षिय असन्तुलित विचारका कारण सधै अभावै अभाव मात्र देख्ने हाम्रा आँखामा अव जाजरकोट संवृद्धशिल वन्दै छ भन्ने आखाले पनि हेर्न जरुरी छ ।


संसारलाई हलाउने र यो मुलुकलाई निरङकुशता अनि दासताको ठुलो प्रर्खाललाई भत्काएर स्वर्णीम जनताको अधिकार ल्याउनका लागि जाजरकोटले खेलेको भुमिका हामीले कहाँ लुकाएका छौँ । हाम्रो अभावकै विचमा संसारलाई हलाउने सिद्धान्तको सुत्रपात गर्ने महान व्यक्तिलाई हामीले कहाँ भुलेका छौँ ।

यहाँ त गदैँ नगरेका कामको पण्डित्यई मात्र हाम्रो समाजको खेतिपाती हुँन थाल्यो । जाजरकोटका भुगोल नै नचिनेको तर जवरजस्त जाजरकोटी हुँ भन्दै वलमिच्याईले हुँन वाध्य भएका केही शक्ति केन्द्रले उहि पुरानै शाषणको हवलामा फेरी गोईवल्सको नारा जप्दै गरेको मधुरो आवाज सुन्न सकिन्छ ।

क्षणिक स्वार्थ भन्दा जसले जिल्लाकै लागि भन्दै आफ्नै जीवनको वाजी लगायो, मृत्यूलाई पनि हाँसीहाँसी स्वीकार गर्र्यो तर उ नाफाको जिन्दगी सहित परिवर्तको नासो ल्याएर जनताको सामुमा आयो उसकै आवाज माथि धारिला वाणहरु प्रहर हुँदा जो कोही को पनि मन दुख्नु अस्वभाविक होईन । काम गर्ने कालु मकै खाने भालु भनेझै परिवर्तनको स्वामित्व उनी महाराजाहरु जवरजस्त आफ्नो कव्जामा लिन खोज्दै छन् ।

आफुले कल्पना नै नगरेका कुराको यति ठुलो वखानका प्रर्खालहरु रातारात उभ्याईन्छन् भने पुरै जाजरकोटको भुभाग चिनेको भए उनीहरुले सवैलाई निल्नु त्यति कठिन कार्य थिएन् । छिन्चु जाजरकोट सडक खण्ड निर्माण गर्दा सायद अहिले स्वमित्व लिन खोज्ने मानिसरु महंगा देशमा डुवुल्की मादै थिए ।

जहाँ अभावको महसुस हुँदैन अनि नेपाली संस्कार र संस्कृती नै पाईदैन् । जसले विकासकै लागि यो जाजरकोट माटोमा पलपल रगका थोपा माटोमा मिसिएको र पिसियको छ उसले यहाँको माटोको विषयमा वोल्न पाउने अधिकार खोस्न परपन्च किन गरिन्छ । काठमाण्डौमा भाडाको घर र दैनिक जनताको काममा मात्र ध्यान दिने व्यक्ति दैनिक जाजरकोटको विकास निर्माणमा ध्यान दिन्छ ।

जसले अभाव र गरिवी के हो भन्ने कुरा राम्रो संग चिन्नुका साथै भोगेको पनि छ उसलाई हुन्छ जाजरकोटको चिन्ता ? कयौँन पटक जनयूद्धको वेला राती र दिनमा भोको पेटमा हिड्दा फाँटेका चप्पलले जसरी जाजरकोटका प्रत्येक जमिनको विषयमा परिचित हुँदै मध्यपहाडी लोकमार्गको कामलाई केन्द्र र निर्माण स्थलमा गएर विकासमा गडवढ नगर्न सल्लाह दिर्नुका साथै खवरदारी गरिह्यो उही व्यक्तिका काम अर्काले मैले गरेको हुँ भन्दै स्वमित्व लिन खोज्नु दिउसै हत्केलाले सुर्य छेकेझै हो ।

केन्द्रवाट पठाएको वजेट सक्न र थोत्रा सामग्री खरिद गरि जनतलाई भ्रममा पार्न र नाफा मात्र लिन खोज्ने विरुद्ध जाजरकोटमा अर्को सेवा विस्तार गरी निरन्तर पहल गर्ने शक्ति वस्नेत साचिकै महान मात्र होईन एक जाजरकोटको गौरवशाली ईतिहासको धराहराका रुपमा लिन सकिन्छ ।

केही व्यक्तिहरु ५० शैयाको जाजरकोट अस्पताललाई १५ शैयामा वदलेर आफ्नो कावुमा राख्न खोज्नु साचिकै निनदनिय मात्र होईन भत्सना जति गरेपनि काम हुँने कार्य हो । यसको विरुद्धमा कसैले वोल्ने आँट गरेको देखिदैन । जसले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिस्ठानको डाक्टरलाई जाजरकोट अस्पतालमा ल्याएर जाजरकोटमा प्रभावकारी सेवा दिन पुर्याएको योगदान लाई मैले गरेको भन्दै जनभ्रम पार्न खोज्दैनछ् र अस्पताल चुहिएर उपचार गर्न समस्या परेको देख्दैन्न यो कुरा जाजरकोटीले कहाँ भुल्न सछन् र ?

वरु जाजरकोटमा पठाएका नयाँ जनस्वास्थ्य प्रमूखलाई वसका लागि वनाएको कोठा नै कव्जा गरि होटलमा वस्न वाध्य वनाउने विरुद्ध हामीले केही वोल्ने कि नवोल्ने ।

चुनावको समयमा रिम्ना पुल र राकम पुल निर्माणको मुख्य एजेण्डा वनाएका शक्ति वस्नेतले आफ्नो प्रतिवद्धता पुरा गरेका छन् हामी उनलाई किन धन्यवाद दिन पछाडी पर्ने । ४ सय १० मेघावाटको नलगाड जलबिधुत आयोजनलाई छिटो छरितो सम्पन्न होस भनी कम्पनी मोडलमा लिएर सिंगो जाजरकोटलाई फाईदाको गतिमा लिने शक्ति वस्नेत हाम्रा लागि मित्र कि ऐजारु आफै छुट्यउनु होस ।

ईतिहासका कुनैपनि व्यक्तिले जाजरकोट रिम्ना सडक हुँदै डोल्पा र दल्ली वारेकोट सडकमा भारी वजेट हालेर खच्चडवाट दैनिक उपभोग्य सामग्री लिन होईन , गाडीमा यात्रा गर्न पर्छ भन्दै सडक निर्माणलाई तिव्र वनाउने पहल लिनु शक्ति वस्नेत गलत कि सहि ?
प्राविधिक शिक्षा पढ्ने विद्यार्थीहरु नेपालगन्ज र सुर्खेत संगै देशका महंगा सहरमा गएर लाखै रकम खर्चदै घर ,जग्गा विक्री हुँने अवस्थाको अन्त्य गदै कालेगाउँ र जुनीचाँदेमा प्राविधिक शिक्षालयहरु खोल्नु शक्ति वस्नेतको गलत काम हो ?

विमानस्थल , देखि हरेक कुरा रुकुमकै भर पर्ने जाजरकोट पुर्वी क्षेत्रका स्थानीयहरुका लागि नलगाड बहुमुखी क्याम्पास स्थापना गरि रुकुमक राडी क्याम्पसमा गैई परिक्षा दिने झन्झटलाई कार्यको अन्त्य गरि नलगाड क्याम्पसमै स्नातकतहको परिक्षा केन्द्र वनाउन त्रिभुवन बिश्वबिद्धालय बाट स्वीकृत ल्याएर सहज वनाउनु हाम्रो लागि खुसी कि पिडा ? जिल्लाका ७ वटा स्थानीय तहमा सुविधा सम्पन्न स्वास्थ्य संस्था खोल्नका लागि केन्द्रवाट प्रयाप्त वजेट पठाएर दैनिक ताकेत गर्नु शक्ति वस्नेतको यो काम लाई धन्यावाद दिने कि नदिने ?

जिल्लाको पर्यटन सस्कृती तथा बाताबरण संरक्षणमा विशेष पहल अनि खानेपानी सिचाई तथा कृषिको लागि केन्द्रबाट जिल्ला भरिमा आबश्ययकताको आधारमा योजनाहरु छनोट गरि कार्यन्वयमा ल्याउनु जाजरकोटीको लागि सुखद कुरा हो ।

जिल्लाका महत्वपुर्ण सडक निर्माणका लागि जनता संग गरिएको प्रतिवद्धताहरु पुरा गर्न छेडा—थल हुदै चाँदे, छेडा—कचाली, लिर्ता—कार्कीगाउँ—मछाइना, ढुंगिला—वडाकाँडा सार्नीमेला सडक निर्माणको काम तिव्र गतिमा अघि बढेको छ । स्यापी —आले हुदै सीमा, चिउदुवा— ईन्द्रज्योति मावि जोडने सडक, मटेला —गर्खाकोट, चल्लो पोले —पजारु सडक, बाटुले — टापुचौर सडक, सुवानाउली —मजकोट सडकको काम प्रयाप्त वजेटको व्यवस्था गरेपछि निर्माण कार्य जारी रहेको छ ।

यस्तै पराले छाना—मजकोट सडक, अब्गाना—पुल्ली मिड्का सडक लगाएतका दर्जनौ सडक निर्माण कार्य जारी रहेको छ । त्यस्तै जाजरकोटलाई दुर्गमको कोठामा राखेर यहाँका कर्मचारी ,शिक्षक सवैका लागि तलव वृद्धी का साथै आरक्षण कोठावाट धेरैले निजामती सेवामा प्रवेश गर्नु पनि शक्ति वस्नेतकै पहलका कारणले भएको भन्न किन लोभ ?