☰ open Loading... 19 April 2024|  

सवैभन्दा बढी रक्तदान गर्ने शाक्य र पाैडेल सम्मानित
  | १९ भाद्र २०७४, सोमबार १४:२५

सुर्खेत । सवैभन्दा बढी रक्तदान गर्ने वीरेन्द्रनगरका प्रवासकुमार शाक्य सम्मानित भएका छन् । नेपाल रेडक्रस सोसाईटीको ५४ औं नेपाल रेडक्रस दिवसमा ५७ पटक रक्तदान गर्ने दत्रिरत्न अनलाइनका सम्पादक शाक्य र १७ पटक रक्तदान गर्ने महिलातर्फ ज्याेति पौडेललाई सम्मान गरिएको हाे ।

स्थापना दिवसका अवसरमा रेडक्रसले गते १६ गते आयोजना गरेको विद्यालय स्तरीय कविता प्रतियोगितामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत पनि गरेको छ । पुरस्कृत हुनेहरुमा प्रथम जन माध्यमिक विद्यालय वीरेन्द्रनगरका दुर्गा आचार्य, दृतिय एसओएस हर्मन माईनरका सृष्टि गौतम, तृतीय सैनिक आवासीय महाविद्यालय वीरेन्द्रनगरका अनिष वली र सान्त्वना स्थान हाँसील गरेका जनमाविकै समिर रानालाइ पुरस्कृत गरिएकाे थियाे । उनीहरुले क्रमश एकहजार, सात सय, पाँच सय र ३ सय रुपैयाँ नगद प्रदान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिती सुर्खेतका संयोजक छविलाल सिग्देलले रेडक्रसले सामाजिक रुपमा गरेको कामको प्रशंसा गरेका थिए । रेडक्रस सोसाईटी सुर्खेत शाखाको आजीवन सदस्य भएको घोषणा गरेका उनले यो संस्थाले गर्ने हरेक काममा आफ्नो साथ रहने प्रतिवद्धता जनाए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले प्राकृतिक प्रकोपका दृष्टिकोणले सुर्खेत जोखिममा रहेको भन्दै विपदको समयमा रेडक्रसको भुमिका महत्वपुर्ण रहेको बताए । उनले प्रकोपको जोखिम कम गर्न पुर्व तयारीका बारेमा पनि रेडक्रससँग नगरपालिकाले मिलेर काम गर्न आवश्यक रहेको जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले रेडक्रसको काम उदाहरणीय भएको भन्दै आगामी दिनमा रेडक्रसले आफ्नो कार्यक्षेत्र विस्तार गर्दै थप काम गर्नुपर्ने बताए । रेडक्रसले गर्ने हरेक कामलाई प्रभावकारी बनाउन सबैको सहयोगको खाँचो रहने पनि न्यौपानेले बताए ।

नेपाल रेडक्रस सोसाईटी सुर्खेत शाखाका अध्यक्ष रामलाल आचार्यले यस वर्ष आफ्नो संस्थाले महत्वपुर्ण काम गर्न सफल दावी गरे । सुविधा सम्पन्न आँखा अस्पताल स्थापना गरी स्तरीय सेवा दिन सफल भएको जानकारी दिँदै उनले लेकवेशी नगरपालिकाको कल्याणमा उपशाखा स्थापना गरेकाे जानकारी दिए

कार्यक्रममा रेडक्रसका निवर्तमान सभापति लिलाराम आचार्य, पत्रकार महासंघका अध्यक्ष गणेश कञ्चन भारती, लायन्स क्लब अफ एमसी गभर्नर विजय पराजुली, लायन्स् क्लब अफ शिबबिहारका निवर्तमान अध्यक्ष मिलन श्रेष्ठ, अध्यक्ष बालकृष्ण श्रेष्ठ जनमाविका प्रध्यानाध्यापक याम श्रेष्ठ लगायतको सहभागिता थियो ।